Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

प्रचण्ड–माधव पक्षले बागमति प्रदेशका सभामुखलाई लगायो गम्भिर आरोप

प्रचण्ड–माधव पक्षले बागमति प्रदेशका सभामुखलाई लगायो गम्भिर आरोप

images

इच्छाकामना न्युज

५, फाल्गुण २०७७
प्रचण्ड–माधव पक्षले बागमति प्रदेशका सभामुखलाई लगायो गम्भिर आरोप
images

हेटौंडा, ५ फागुन । नेकपा प्रचण्ड–नेपाल समूहका सांसदहरुले सभामुखविरुद्ध गम्भीर आरोप लगाएका छन्।  उक्त समुहका संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले प्रदेश सभाका उपसभामुख राधिका तामाङलाई प्रदेश सभा सचिव कृष्णहरि खड्काको समेत उपस्थितिमा नेकपा प्रचण्ड–नेपाल समुहका विरोधपत्र बुझाएकी छिन्।

अविश्वासको प्रस्ताव संसदमा टेबल भएपछि पटकपटक संसद स्थगित गरेको भन्दै विरोधपत्र बुझाईएको जनाईएको छ । नेता शाक्यले प्रदेशसभाको बैठक सञ्चालन गर्ने व्यवस्था मिलाई आफ्नै विरुद्ध आएको अविश्वासको प्रस्तावलाई छिटो टुंग्याउन पर्ने बताएकी छिन्।

शाक्यद्वारा जारी गरिएको विरोधपत्रमा अविलम्ब प्रदेशसभाको बैठक बोलाएर मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावको टुंगो लगाउन माग गरिएको छ। आज बस्ने गरी तय भएको प्रदेश सभाको सातौँ अधिवेशन बैठक बिहान ६:३५ बजे सूचना टाँस गरी अर्को सूचना जारी नभएसम्मका लागि सभामुख सानुकुमार श्रेष्ठले स्थगित गरेका थिए।

यस अघि नै वागमती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भईसकेको छ ।

images
प्रकाशित मिति :फाल्गुण ५, २०७७ बुधवार - १८:२४:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology