भरतपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०२४ मा चितवन जिल्लामा कुल ८० वटा मानवअधिकार उल्लङ्घनका घटना भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
इन्सेकका जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार बाल यौन दुरूपयोगका २१ वटा घटना, बालिका बलात्कारका ३१ वटा, महिला बलात्कारका १२ वटा, महिला बलात्कार प्रयासका तीनवटा, कर्तव्य ज्यानतर्फ दुईवटा, बहुविवाहका आठवटा र मानव बेचबिखनका दुईवटा घटना, छुवाछुतसम्बन्धी एक घटना गरी कुल ८० वटा घटना भएका छन् ।
गत कात्तिक महिनामा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको हिरासतमा एकको मृत्यु भएको छ । कुल १२ वटा मुद्दा फैसला भएकोमा ६ वटामा अभियोगबाट सफाइ पाउने फैसला भएको छ भने छवटामा आरोपितलाई सजाय भएको छ ।