Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भरतपुरमा रोकिराखेको स्कुटरमा ठोक्किएर अर्का स्कुटर चालक गम्भीर घाइते

भरतपुरमा रोकिराखेको स्कुटरमा ठोक्किएर अर्का स्कुटर चालक गम्भीर घाइते

इच्छाकामना न्युज

१७, पौष २०८१
भरतपुरमा रोकिराखेको स्कुटरमा ठोक्किएर अर्का स्कुटर चालक गम्भीर घाइते
images

चितवन । भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा सडक छेउमा रोकिराखेको स्कुटरमा ठोक्किएर अर्का स्कुटर चालक गम्भीर घाइते भएका छन् ।

images
images

गएराति साढे १२ बजेको समयमा लेवरनगरबाट अमृत चोकतर्फ आउदै गरेको बागमती प्रदेश०३–००३ प ५०८३ नम्बरको स्कुटरले सडक छेउमा रोकिराखेको ना २७ प ४३४७ नम्बरको स्कुटरमा ठक्कर दिँदा बगमती प्रदेश०३–००३ प ५०८३ नम्बरको स्कुटर चालक भरतपुर–२५ नमुना चोक बस्ने ३० वर्षीय लोकनाथ रिजाल गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।

घाइते रिजालको टाउकोमा चोट लागेको र उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रहरीले दुर्घटनामा संलग्न दुवै स्कुटर र सडक छेउमा रोकिराखेको स्कुटरका चालकलाई पनि पक्राउ गरेको छ ।

images
प्रकाशित मिति :पौष १७, २०८१ बुधवार - १०:००:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology