Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

धादिङ गजुरीका विश्वास तामाङले गरे आफ्नै नाबालिका बहिनीको बलात्कारपछि हत्या, लोबेड भित्र शव सड्न थालेपछि खुल्यो पोल

धादिङ गजुरीका विश्वास तामाङले गरे आफ्नै नाबालिका बहिनीको बलात्कारपछि हत्या, लोबेड भित्र शव सड्न थालेपछि खुल्यो पोल

इच्छाकामना न्युज

१६, पौष २०८१
धादिङ गजुरीका विश्वास तामाङले गरे आफ्नै नाबालिका बहिनीको बलात्कारपछि हत्या, लोबेड भित्र शव सड्न थालेपछि खुल्यो पोल

काठमाडौं । १७ वर्षीया किशोरीको बलात्कारपछि विभत्स हत्याको घटना खुल्न आएको छ । दाजु नाता पर्ने २४ वर्षीय विश्वास तामाङले बलात्कारपछि फस्ने डर हुँदा हत्या गरेको खुलाएपछि प्रहरी नै झस्किएको हो । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१० सतुगंल खरिबोट बस्ने १७ वर्षीया नाबालिका सरिता तामाङको हत्या आरोपमा पक्राउ परेका विश्वासले हत्याको कारणमा बलात्कार जोडिएको खुलाएका छन् । प्रहरीसँगको बयानका क्रममा सरितालाई हत्या गर्नुको कारणबारे उनले बलात्कार रहेको खुलाएका छन् ।

images

सरिता र विश्वास नाताले दाजु–बहिनी हुन् । चन्द्रागिरिमा एक्लै बस्दै आएकी सरितालाई उनकै कोठामा जबरजस्ती करणी गरेको र उक्त कुरा बाहिर ल्याउँछु भनेपछि पोल खुल्ने डरले हत्या गरेको विश्वासले खुलाएका छन् । विश्वासलाई पक्राउ गरेपछि अनुसन्धान गर्ने क्रममा उनले बहिनी नाता पर्ने सरितालाई ‘न्युड’ फोटाहरू पठाउने गरेको समेत भेटिएको छ । सरिताले विश्वासलाई गाली गरे पनि उनले एकोहोरो म्यासेन्जरमा ‘न्युड’ फोटा, भिडियोहरू पठाउने गरेको भेटिएको एक अनुसन्धान अघिकृतले बताए । २८ मंसिरको साँझ ६ बजेतिर विश्वास सरिताको कोठामा पुगेका थिए ।

त्यतिबेला सरिताले विश्वासको मोबाइलको हटस्पट शेयर गर्न भनिन् । विश्वासले पनि सरितालाई हटस्पट शेयर गरिदिएका थिए । त्यसपछि ‘न्युड’ भिडियोहरू देखाएर उनले सरितामाथि बलात्कार गरेको खुलेको छ । प्रतिकार गर्दा सरिताले विश्वासको हात समेत टोकिदिएकी थिइन् । विश्वासलाई पक्राउ गर्दा समेत उनको हातमा खत देखिएको एक अनुसन्धान अधिकृत बताउँछन् । आफूमाथि जबरजस्ती गरेपछि उक्त कुरा बाहिर ल्याउने सरिताले बताएपछि उनको हत्या गरेको विश्वासले प्रहरी समक्ष बताएका छन् । सरिताको घाँटी थिचेर हत्या भएको थियो । त्यसपछि उनको शव लो–बेडमुनि लुकाएर विश्वास सरिताको कोठाबाट बाहिरिएका थिए ।

यता घटनाको भोलिपल्ट २९ मंसिरको राति १२ बजेदेखि हराएको भन्दै उनका दाई नवीन रुम्बा तामाङले १ पुसमा प्रहरीमा निवेदन दिएका थिए । धादिङको गजुरी गाउँपालिका–४ घर भएकी तामाङको खोजी गर्ने क्रममा प्रहरीले पुस ३ गते दिउँसो ३ बजेतिर उनको शव फेला पारेको थियो । हत्यापछि ढोका बाहिरको जुत्ताभित्र चाबी राखेर विश्वास बाहिरिएका थिए । बहिनी खोज्दै पुगेका नवीनले उक्त चाबी भेटेपछि ढोका खोलेर हेर्दासमेत कोठा ठिक–ठाक अवस्थामा थियो । उनले त्यतिबेला त्यहाँ केही पनि देखेनन् ।

चाबी फेरि सोही जुत्तामा राखेर बाहिरिएका नवीन फेरि ३ पुसमा उक्त कोठामा पुगेर पुनः ढोका खोलेर हेरेका थिए । त्यतिबेला भने गन्ध आएपछि लो–बेड निकालेर हेर्दा सरिताको शव भेटिएको थियो । त्यसपछि नवीनले प्रहरीलाई खबर गरेका थिए । सरिता चन्द्रागिरि–१० स्थित वीरेन्द्र श्रेष्ठको घरको भुईं तलाको कोठा भाडा लिएर बस्थिन् ।

शव भेटिएपछि यो घटनामा थानकोटसहित जिल्ला प्रहरी परिसर काठमाडौंको टोली अनुसन्धानमा खटिएको थियो । सरिताले मोबाइल पनि प्रयोग गर्ने गरेकी उनका आफन्तले बताएका थिए । त्यसपछि प्रहरीले मोबाइलमा केन्द्रित भएर अनुसन्धान अघि बढायो । विभिन्न प्राविधिक पक्षको विश्लेषणपछि सरिताको शव भेटिएको तीन घण्टापछि नै विश्वासलाई पक्राउ गरिएको परिसरका एसपी नवराज अधिकारीले बताएका थिए । हत्या आरोपमा पक्राउ परेका विश्वासको स्थायी ठेगाना धादिङको गजुरी–३ हो । उनी काठमाडौं–१४ खड्कागाउँ बस्दै आएका थिए ।

अनुसन्धानका क्रममा मृतक सरिताको मोबाइल विश्वासको कोठामा भेटियोको थियो । उनले घटना समेत स्वीकार गरिसकेका छन् । मृतक सरिता विष्णुदेवी शिक्षा सदन मावि नैकापमा कक्षा १० मा अध्ययनरत थिइन् । विवाहित विश्वासकी श्रीमती भने अहिले विदेशमा रहेको खुलेको छ । काठमाडौंमा ज्यामी काम गर्दै आएका उनले सरिता एक्लै भएको मौकामा बलात्कारपछि हत्या गरेको खुलेको छ ।

images
प्रकाशित मिति :पौष १६, २०८१ मंगलवार - ०९:०४:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology