Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै,१४औं महाधिवेशन नयाँ मिति तय गर्ने

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै,१४औं महाधिवेशन नयाँ मिति तय गर्ने

images

इच्छाकामना न्युज

५, फाल्गुण २०७७
कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै,१४औं महाधिवेशन नयाँ मिति तय गर्ने
images

काठमाडौं फाल्गुन,५।नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बस्दैछ ।फागुन ७ देखि १० सम्मका लागि आह्वान गरेको १४औँ महाधिवेशनको नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो ।प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय महाधिवेशनको मिति परिमार्जन गरी नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न आज केन्द्रीय कार्य समितिको बैठक बस्न लागेको जानकारी दिएका छन् । बैठकमा पार्टीको आन्तरिक जीवन, क्रियाशील सदस्यता वितरणलगायतको विषयमा भएको प्रगतिको सम्बन्धमा पनि छलफल हुने उनले बताए । संसद विघटनसम्बन्धी विषयलाई सर्वोच्च अदालतले टुङ्गो लगाएपछि राष्ट्रिय राजनीतिले मार्ग प्राप्त गर्ने भएकाले त्यसपछि मात्रै नयाँ मिति तय गर्ने अथवा अगाडि तय गर्ने भन्ने सम्बन्धमा समेत छलफल हुने प्रवक्ता शर्माले बताए ।

images
प्रकाशित मिति :फाल्गुण ५, २०७७ बुधवार - १२:१३:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology