Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

तमू ह्युल छोंज धीं चितवनले तीनखोलेमा सांस्कृतिक कार्यक्रमसहित ल्होसार मनाउने

तमू ह्युल छोंज धीं चितवनले तीनखोलेमा सांस्कृतिक कार्यक्रमसहित ल्होसार मनाउने

images

इच्छाकामना न्युज

१३, पौष २०८१
तमू ह्युल छोंज धीं चितवनले तीनखोलेमा सांस्कृतिक कार्यक्रमसहित ल्होसार मनाउने
images

चितवन । तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् चितवनले यस वर्ष पनि भव्य कार्यक्रम आयोजना गरेर तमू ल्होसार पर्व मनाउने भएको छ। चितवन जिल्लामा करिब ५० हजार गुरूङको प्रतिनिधित्व गर्दै आएको छोंज धीं चितवनले विगतका वर्षजस्तै यसवर्ष पनि पुस १४ गते रात्रिकालीन कार्यक्रमसहित ल्होसार पर्व मनाउने तयारी गरेको शनिबार कार्यक्रमस्थल महाबौद्ध गुम्बा परिसरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।

तमू (गुरूङ) जातिको महान सांस्कृतिक पर्वको रूपमा मनाउँदै आइएको ल्होसार पर्वमा हरेक वर्ष चक्रवतरूपमा फेरिने १२ वटा वर्गलाई आधार मानेर मनाउने चलन छ। सोहीअनुसार यसवर्ष मुप्री ल्हो अर्थात् गरूड वर्ग सकिएर सप्री ल्हो अर्थात् नाग (सर्प) वर्गको आगमन गराएर ल्होसार मनाउने तयारी गरेको तमू ल्होसार मूल आयोजक समितिकी संयोजक एवम् तमू ह्युल छोंज धीं चितवनकी अध्यक्ष विमलादेवी गुरूङले जानकारी दिइन्।

ल्होसारलाई विशेष बनाउनको लागि यसवर्ष पनि पुस १४ गते राति नेपाल तमू (गुरूङ) विद्यार्धी छोंज धींको संयोजनमा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ। ‘१४ गते साँझ ६ बजेदेखि मध्यराति १२ बजेसम्म विविध सांस्कृतिक कार्यक्रम गरेर खुसीयाली साटासाट गर्नेछौँ,’ तमू ल्होसार मूल आयोजक समितिअन्तर्गत सचिवालय संयोजक एवम् तमू ह्युल छोंज धीं चितवनका सचिव किशोर गुरूङले भने, ‘१२ बजेपछि भने पुरानो वर्गलाई बिदाइ गरेर नयाँ वर्गलाई स्वागत गरिन्छ।’

WhatsApp-Image-2024-12-28-at-7.48.36-PM.webp

त्यसपछि पुस १५ गते दिनभर विशेष सांस्कृतिक कार्यक्रमसहित औपचारिक कार्यक्रम सञ्चालन गरिने उनले बताए। यसबाहेक दुवै दिन विविध खेलकुद प्रतियोगिता, हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता, खुला रक्तदान, निःशुल्क स्वास्थ्य शिविर र विभिन्न क्षेत्रमा प्रतिष्ठा आर्जन गरेका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्नेलगायतको कार्यक्रम रहेको उनले बताए।

चितवनमा तमू ह्युल छोंज धींले विगत लामो समयदेखि महाबौद्ध गुम्बा परिसरलाई मुख्य केन्द्र मानेर ल्होसार पर्वलाई विशेषरूपमा मनाउँदै आएको छ। यसवर्ष पनि कम्तिमा सात हजार जनाको उपस्थिति रहने आयोजकले आँकलन गरेको छ। चितवनका तमू समुदायका लागि एउटा महोत्सव नै हुने भएकोले ल्होसार कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउनको लागि २९ वटा विभिन्न उपसमिति निर्माण गरेर तयारी गरेको तमू ह्युल छोंज धीं चितवनले जनाएको छ।

 

images
प्रकाशित मिति :पौष १३, २०८१ शनिवार - २०:४१:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology