Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

नेकपा माओवादी केन्द्र इच्छाकामनाद्वारा मुग्लिनमा खबरदारी सभा सम्पन्न

नेकपा माओवादी केन्द्र इच्छाकामनाद्वारा मुग्लिनमा खबरदारी सभा सम्पन्न

images

इच्छाकामना न्युज

२९, मंसिर २०८१
नेकपा माओवादी केन्द्र इच्छाकामनाद्वारा मुग्लिनमा खबरदारी सभा सम्पन्न
images

मुग्लिन, २९ मंसिर । नेकपा माओवादी केन्द्र इच्छाकामनाले मुग्लिनमा शनिबार खबरदारी सभा सम्पन्न गरेको छ ।

बेतिथि भ्रष्ट्राचार र सरकारको जनविरोधी कदमविरुद्ध खबरदारी सभा आयोजना गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ। नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य इश्वरी भट्टराईको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

खबरदारी सभालाई सम्बोधन गर्नुहुदैँ केन्द्रिय सदस्य भट्टराईले अहिलेको सरकार भष्ट्रचारीलाई बचाउनका निम्ति बनेको आरोप लगाउनुभयो । अहिले पालिका स्तरमा खबरदारी सभा भएको र सरकारले भष्ट्रचारीलाई कारबाही नगरे नसच्चिए लाखौँ जनता उतारेर अझै ठूला ठूला खबर दारी सभा सिंहदरबार केन्द्रित गर्ने बताउनुभयो ।

अहिले पालिका स्तरमा खबरदारी सभाहरु भइरहेको छ, अझै भष्ट्रचारीलाई कारबाही नगरे लाखौँ जनताको साथमा अझै ठूलो खबरदारी लिएर सिंहदरबार जानेछौँ । उहाँले भन्नुभयो,“यो सरकार फेरिनेवाला छैन सच्चिनेवाला पनि छैन,अहिलेको सरकार भ्रष्टाचार छोप्न र आफ्नालाई जेल जानबाट बचाउन बनेको हो । ” 

कार्यक्रममा जिल्ला इन्चार्ज घनश्याम दाहाल अविनासले अहिलेको सरकार जनताको दुखको सारथी नभएको बताउनुभयो । मिटर ब्याजी र सहकारी पीडितलाई न्याय दिन सरकारले कुनै कदम नचालेको बताउनुभयो । बाढीपहिरोका बेला उद्धार र राहातमा सरकारले आफ्नो भुमिका निर्वाह गर्न नसकेको र माओवादी केन्द्रले उद्धार र राहातमा अग्रभागमा रहेर भूमिका निर्वाह गरेको बताउनुभयो ।

अहिले माओवादी केन्द्र तर्फ जनलहर बढेको उहाँको भनाई छ । स्थानीय तहको उपनिर्वाचनमा प्राप्त गरेको नतिजाले कांग्रेस एमाले एक्लै निर्वाचनमा जान सक्ने अवस्था नरहेको उहाँको भनाई छ । साथै उहाँले इच्छाकामनाका भूकम्पबाट विस्थापित भएकाहरुलाई विकल्प नदिई अहिले बसीरहेको स्थानबाट हटाए माओवादी केन्द्रले प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो,“सरकारले सिमलढापमा बसीरहेको भूकम्प पीडित सुकुम्बासीलाई सो स्थानबाट हट्न पत्र काटेको छ, विकल्प नदिई सुकुम्बासी हटाएमा हाम्रो पार्टीले सशक्त प्रतिवाद गर्छ । ” कार्यक्रममा कवि कृष्णप्रसाद पोखरेलले कविता मार्फत खबरदारी गर्नुभएको थियो । जिल्ला सचिव दोर्णबाबु सिवाकोटीले अहिलेको सरकार कुशासनको चाङमा फसेको बताउनुृभयो ।

कार्यक्रममा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ-मौसम_,इच्छाकामनाकी संयोजक सावित्रा सिलवाल लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम इच्छाकामनाका सचिव रामहरि कडेँलले सञ्चालन गर्नुभएको थियो ।

images
प्रकाशित मिति :मंसिर २९, २०८१ शनिवार - २१:५८:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology