Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

मुगुको दुर्गम बस्ती लिब्रुमा सडक पुगेपछि स्थानिय खुसी

मुगुको दुर्गम बस्ती लिब्रुमा सडक पुगेपछि स्थानिय खुसी

images

इच्छाकामना न्युज

१५, मंसिर २०८१
मुगुको दुर्गम बस्ती लिब्रुमा सडक पुगेपछि स्थानिय खुसी
images

मुगु । मुगुको दुर्गम बस्ती लिब्रुमा सडक पुगेपछि स्थानिय खुसी भएका छन् । नेपालको बिकट हिमाली जिल्ला शिक्षा, स्वास्थ्य , सञ्चार ,सडक क्षेत्रले पछि परेको मुगुमा संघियता आएपछि बिकट बस्तीहरुमा सडक सञ्जाल दिन प्रतिदिन धमाधम जोडिन थालेका छन् । सोरुगाँउपालिका वडा नम्बर ४ मा रहेको  लिब्रु र रावलबाडा बस्तीहरुका सडक सञ्जाल  जोडीएपछि स्थानिय बासीहरु सडक प्रयोग गर्न पाईने भयो खुसी भएका छन् ।

बिगतका दिनहरुमा रोजि रोटीको लागी भारत र राजपुर तिर गएपछि मात्र गाढी साईकलहरु देखेको भए पनि अहिले गाउँमा नै सडक सञ्जाल पुगेपछि सुखी लागेको सोरुगाँउपालिका वडा नम्बर ४ लिब्रुकी स्थानिय सम्झना बिकले बताइन् ।

उनले भनिन्, ‘यसरी हाम्रो जन्म भूमीमा गाडी पुगेपछि निकै खुसी भएका छौं, बिरामी हुँदा डोकोमा बोकेर ३,४ दिन उपचार गर्न वा ,अन्य सरकारी काम गर्न सदरमुकाम गमगढी ३ दिन लगाएर जाने गरेका थियौं , अब घरको आगनबाटै गाडी देख्न ,प्रयोग गर्न पाउने भयौं  निकै खुसी लागेको छ ।’

सोरुकोट मसिनामेला लिब्रु सडक खण्ड स्थानिय तहको पहलमा बिभिन्न सरकारी निकायको पहलमा ३,४ बर्ष पहिला देखी निमार्ण हुँदै आईरहेको थियो ।  यो सडक सोरुकोटदेखी लिबु्र नदीको किनारसम्म १३ किलो मिटर रहेको छ । 

यसको सडकमा  कुल लागत १ करोड भन्दा बढी रकम खर्च भएर निमार्ण भएकोे सोरुगाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थराज शाहीले बताए ।

निर्वाचनमा उम्मेदार भएर जनताको घर दैलोमा जाँदा जनतासामु पहिलो आफ्नो एजेन्डा सोरुगाँउपालिकामा रहेका ११ वडाहरुमा सडक सञ्जालको पहुँच पुर्याउने र सडकबाट नागरीकहरुको दैनक जिवनमा गरीने कार्यको सहज रुपमा पहुँच पुर्याउने लक्ष्य अनुसार सडक सञ्जाल निर्माण गरिएको सोरुगाँउपालिकाका अध्क्षय धर्म बहादुर शाहीले बताए ।

images
प्रकाशित मिति :मंसिर १५, २०८१ शनिवार - ०८:३९:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology