Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मकवानपुरमा सावेलले हानेर साथीको हत्या

मकवानपुरमा सावेलले हानेर साथीको हत्या

images

इच्छाकामना न्युज

१३, मंसिर २०८१
मकवानपुरमा सावेलले हानेर साथीको हत्या
images

मकवानपुर । मकवानपुरमा एक व्यक्तिले आफ्नै घरमा सुतिरहेका साथीलाई साबेलले हिर्काएर हत्या गरेका छन्। मनहरी गाउँपालिका–६ प्रतापुरका अम्मरबहादुर लोप्चनले साथी जीतबहादुर मोक्तानको हत्या गरेका हुन्।

मध्यरातमा अम्मरबहादुरले आफ्नै घरमा सुतिरहेका मोक्तानलाई एक्कासी साबेलले हानेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका मोक्तानको उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा आज बिहान साढे ३ बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए।

मोक्तान र लोप्चनसँगसँगै निर्माण क्षेत्रमा मजदुरी गर्दै हिंड्ने गरेको डिएसपी अर्यालको भनाइ छ।

लोप्चनलाई प्रहरीले सावेलसहित नियन्त्रणमा लिएको छ।

images
प्रकाशित मिति :मंसिर १३, २०८१ बिहिवार - ०८:५८:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology