Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बीआरआईबारे साझा धारणा बनाउने प्रयास

बीआरआईबारे साझा धारणा बनाउने प्रयास

images

इच्छाकामना न्युज

१३, मंसिर २०८१
बीआरआईबारे साझा धारणा बनाउने प्रयास
images

काठमाडौं । नेकपा (एमाले) र नेपाली कांग्रेसबीच चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)बारे साझा धारणा बनाउन छलफल भएको छ ।

बुधबार राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बीआरआईबारे साझा धारणा बनाएर अघि बढ्ने प्रयास भएको कांग्रेस नेता एवं गृहमन्त्री रमेश लेखकले जानकारी दिए । राष्ट्रिय सहमतिको आकार दिनुपर्छ भनेर कांग्रेस र एमाले लागिरहेको उनको भनाइ छ ।

कांग्रेस बीआरआईमा सतप्रतिशत अनुदान लिने भएमात्रै कार्यान्वयनको चरणमा जानुपर्ने पक्षमा छ । यता एमाले चीनसँग ऋण लिनुपर्ने अडानमा रहेका कारण बीआरआईबारे हालसम्म दुई दलबीच सहमति हुन सकेको छैन ।

बीआरआईको ‘कार्यक्रम कार्यान्वयन योजना’को प्रस्तावित मस्यौदालाई संशोधन गरेर ‘बीआरआई कोअपरेसन फ्रेमवर्क’ प्रस्ताव गर्ने गृहकार्य भएको छ ।

उक्त विषयलाई दस्ताबेजीकरण गर्न र मस्यौदा बनाउन तीन नेताले जिम्मेवारी पाएका छन् । एमालेबाट प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडा र कांग्रेसबाट महामन्त्री गगन थापालाई विज्ञको सुझावका आधारमा मस्यौदा तयार गर्ने जिम्मेवारी दिइएको छ ।

 
 

images
प्रकाशित मिति :मंसिर १३, २०८१ बिहिवार - ०८:५३:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology