Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मोरङमा तासको खालबाट नौ जना पक्राउ

मोरङमा तासको खालबाट नौ जना पक्राउ

इच्छाकामना न्युज

१३, मंसिर २०८१
मोरङमा तासको खालबाट नौ जना पक्राउ
images

विराटनगर । प्रहरीले तासको खालमा छापा हानेर ९ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलीले लेटाङ नगरपालिका–५ खेरुवाका कसम सूर्य मगरको घरमा तास खेलिरहेको अवस्थामा गएराति उनीहरुलाई पक्राउ गरेको हो ।

images
images

प्रहरीका अनुसार पक्राउ पर्नेमा घरधनी ३१ वर्षीय कसम सूर्य मगरसहित लेटाङ–५ का ५० वर्षीय कर्ण मगर, ४० वर्षीय दिलिपकुमार राई, ३७ वर्षीय दीपक विश्वकर्मा, ३१ वर्षीय डम्बर थापा, ३७ वर्षीय किरण मगर तथा लेटाङ–४ का ३१ वर्षीय सागर भुजेल, लेटाङ–३ का ३६ वर्षीय नरबहादुर गुरुङ र ३१ वर्षीय दिपेन श्रेष्ठ रहेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार पक्राउ परेकाले खेल्न प्रयोग गरेको १ सय ९ पत्ती तथा नखोलिएको २ बुक तास खालबाट बरामद भएको छ । त्यस्तै, खालबाट ४८ हजार ५ सय र खेल्नेहरुको साथबाट ६१ हजार ८ सय गरेर १ लाख १० हजार ३ सय रूपैयाँ बरामद भएको जोशीले बताए ।

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय लेटाङको हिरासतमा राखिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी जोशीले दिए ।

 
 

images
प्रकाशित मिति :मंसिर १३, २०८१ बिहिवार - ०८:५०:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology