Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

उपरदाङगढी स्कुल बस दुर्घटना पिडितको अवस्था बुझ्दै प्रदेश वनमन्त्री कृष्ण सिलवाल

उपरदाङगढी स्कुल बस दुर्घटना पिडितको अवस्था बुझ्दै प्रदेश वनमन्त्री कृष्ण सिलवाल

images

इच्छाकामना न्युज

१०, मंसिर २०८१
उपरदाङगढी स्कुल बस दुर्घटना पिडितको अवस्था बुझ्दै प्रदेश वनमन्त्री कृष्ण सिलवाल
images

चितवन । चितवनको इच्छाकामना गाउँपालिका ७ उपरदाङगढीमा पिकनिक गएर फर्कदै गरेको विद्यालयको बस दुर्घटनामा परि घाईते भएका पिडितहरुको बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले स्वास्थ्य अवस्था बारे बुझेका छन् । आईतबार बेलुका घाईतेहरुको उपचार भैरहेको भरतपुर स्थित पुरानो मेडिकल कलेज र चितवन मेडिकलेजमा पुगेर घाइते र परिवारसँग भेट्दै स्वास्थ्य अवस्था बुझेका हुन् ।

462570327_1965165327318312_7603578196678351593_n.jpg

मन्त्री सिलवालले चिकित्सकहरुसँग बिरामीको अवस्था बारे बुझेका थिए पनि पिडित परिवारलाई धैर्य राख्न आग्रह गर्दै उपचार घाईतेहरुलाई शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

462545733_1106938974771314_5398608282438849925_n.jpg

कालिका नगरपालिका–४ स्थित चित्रवन स्कुलको मधेश प्रदेश ०३–०११ क २६७७ नम्बरको बस पिकनिक खाएर फर्किँदै गर्दा शनिबार अपरान्ह कालिका–९ मा दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा २८ जना घाइते भएका थिए भने दुई जनाको अवस्था गम्भीर थियो। गम्भिर घाईते मध्य पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत कालिका नगरपालिका–३ का सावित्री पोखरेलका–८ वर्षका छोरा आराम्भ पोखरेलको आज बिहान ५ बजे मृत्यु भएको छ भने अझै करिब १४ जनाको उपचार भैरहेको छ । बाँकी घाईते भने डिस्चार्ज भैसकेका छन् ।

462547515_490250064171988_8211268196433053155_n.jpg462570446_586210237417695_8996572067716659586_n.jpg462552431_1253200162656696_5275990891841492087_n.jpg

images
प्रकाशित मिति :मंसिर १०, २०८१ सोमवार - ०८:४८:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology