Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

उपरदाङगढी स्कुल बस दुर्घटनामा गम्भिर घाइते बालकको मृत्यु

उपरदाङगढी स्कुल बस दुर्घटनामा गम्भिर घाइते बालकको मृत्यु

images

इच्छाकामना न्युज

१०, मंसिर २०८१
उपरदाङगढी स्कुल बस दुर्घटनामा गम्भिर घाइते बालकको मृत्यु
images

चितवन । चितवनमा पिकनिक खाएर फर्कँदै गरेको स्कुल बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ। पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत कालिका नगरपालिका–३ का सावित्री पोखरेलका–८ वर्षका छोरा आराम्भ पोखरेलको आज बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए। 

शनिबार कालिका नगरपालिका–४ स्थित चित्रवन स्कुलको मधेश प्रदेश ०३–०११ क २६७७ नम्बरको बस पिकनिक खाएर फर्किँदै गर्दा अपरान्ह कालिका–९ मा दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा २८ जना घाइते भएका थिए भने दुई जनाको अवस्था गम्भीर थियो।

अन्य घाइतेहरु डिस्चार्जपछि घर फर्किएका छन्। स्कुलको आफ्नै बसमा चालकसहित ३२ जना सवार थिए। उपदङ्गगढीबाट पिकनिक खाएर फर्किँदै गर्दा ब्रेक फेलपछि चालकले भिरालो बाटोको भित्तामा ठोकाएर धेरैको ज्यान जोगाएका थिए।

images
प्रकाशित मिति :मंसिर १०, २०८१ सोमवार - ०८:३२:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology