Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

सिद्धीका रामजी चेपाङलाई ग्रीनल्याण्डले आवाससहित नि:शुल्क पढाउने

सिद्धीका रामजी चेपाङलाई ग्रीनल्याण्डले आवाससहित नि:शुल्क पढाउने

images

इच्छाकामना न्युज

२, मंसिर २०८१
सिद्धीका रामजी चेपाङलाई ग्रीनल्याण्डले आवाससहित नि:शुल्क पढाउने
images
भरतपुर । ग्रीनल्याण्ड पब्लिक स्कुल भरतपुरले सिद्धीका एक चेपाङ विद्यार्थीलाई आवाससहित नि:शुल्क पढाउने भएको छ ।

स्कुलले कालिका नगरपालिका १० छेरवाङका रामजी चेपाङलाई कक्षा ११ र १२ मा बायो साईन्स पढाउने भएको हो । आर्थिक अवस्था निकै कमजोर भएको कारण रामजीलाई स्कुलले नि:शुल्क पढाउने निर्णय गरेको प्राचार्य ईन्दिरा कार्कीले बताउनुभयो ।

स्कुलले कक्षा ११ र १२ मा नि:शुल्क तथा दुई वर्षको आवासको जिम्मा प्राचार्य कार्कीले लिनुभएको छ । रामजीलाई कक्षा ११ र १२ मा अध्ययनका क्रममा लाग्ने आवसको सम्पूर्ण व्यवस्थापन आफूले गर्ने प्राचार्य कार्कीले बताउनुभयो ।

स्कुलले केही समय अघि मात्रै सिद्धीमा यो घोषणा गरेको थियो । सोही अनुरुप रामजीलाई आज (आइतबार) विद्यालयमा उपस्थित गराएर उनको अध्ययनको व्यवस्थापनको काम सुरु गरिएको प्राचार्य कार्कीले बताउनुभयो । 'हामी एउटा सहयोग लिएर सिद्धी पुगेका थियौं । सोही समयमा त्यहाँका विद्यार्थीहरुको अवस्था देखेर हामी भावुक भयौं । एक जनालाई हामीले ११ र १२ नि:शुल्क पढाउने बाचा गरेका थियौं । आज त्यो बाचा पुरा गरेका छौं', प्राचार्य कार्कीले भन्नुभयो ।

आर्थिक अवस्था कमजोर भएकै कारण रामजी जस्ता विपन्न विद्यार्थी शिक्षाबाट बन्चित हुन नहुने उहाँको भनाइ थियो । उहाँले सबैले सहयोग गरे यस्ता विपन्न होनाहार विद्यार्थीहरुले शिक्षा पाउने बताउनुभयो । 'आर्थिक अवस्था नाजुक भएकै कारण यस्ता विद्यार्थीहरु शिक्षाबाट बन्चित हुनुहुन्न । सबैले सहयोग गर्न जरुरी छ', उहाँले भन्नुभयो ।    

रामजीले हालै मात्र श्री राष्ट्रिय मावि मजवाङबाट २.८ जिपिएसहित एसईई उतिर्ण गरेका हुन् । उनले सिद्धी स्थित चेपाङ सिद्धी छात्राबासमा बसेर एसईईसम्म अध्ययन गरेका हुन् । त्यहाँबाट ४ जना विद्यार्थीले एसईई उतिर्ण गरेको छात्रावासका संस्थापक अध्यक्ष भरत चेपाङले जानकारी दिनुभयो । ती मध्य रामजीले उत्कृष्ट नतिजा ल्याएको उहाँले बताउनुभयो । रामजीलाई आवाससहित नि:शुल्क पढाउने ग्रीनल्याण्डको निर्णयले चेपाङ समुदायलाई नै खुशी बनाएको उहाँको भनाइ थियो । उहाँले स्कुल परिवार र प्राचार्य कार्कीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

रामजीले आफूले चाहेको बिषय नि:शुल्क पढ्न पाउँदा खुशी लागेको बताउनुभयो । यसलाई आफ्नो जीवनको नयाँ सुरुवातको रुपमा लिएको उहाँको भनाइ थियो । नि:शुल्क अध्ययन र आवासको व्यवस्थापनका लागि उहाँले स्कुल र प्राचार्य कार्कीलाई धन्यवाद व्यक्त गर्नुभयो । यो अवसरलाई सदुपायोग गर्दै मेहेनत गरेर अध्ययन गर्ने उहाँको भनाइ थियो ।  

रामजीलाई नि:शुल्क अध्ययनका लागि समाजसेवी रत्ननगर १० निवासी ज्ञानेन्द्रराज पाण्डेले सहजिकरण गर्नुभएको हो । स्कुलले गत बाल दिवसमा छात्रावासका ६४ जना विद्यार्थीलाई शैक्षिक सामग्री र खाद्यान्न सहयोग गरेको थियो । सोही क्रममा रामजीलाई नि:शुल्क पढाउने घोषणा भएको थियो ।  
 

images
प्रकाशित मिति :मंसिर २, २०८१ आइतवार - २०:१४:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology