Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

नारायणगढ–मुग्लिन सडक खण्डको रामनगरमा बस र अटो ठोक्कियो, अटो चालक गम्भीर घाइते

नारायणगढ–मुग्लिन सडक खण्डको रामनगरमा बस र अटो ठोक्कियो, अटो चालक गम्भीर घाइते

images

इच्छाकामना न्युज

२, मंसिर २०८१
नारायणगढ–मुग्लिन सडक खण्डको रामनगरमा बस र अटो ठोक्कियो, अटो चालक गम्भीर घाइते
images

चितवन । नारायणगड–मुग्लिन सडकअन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१ रामनगर बजारमा गएराति बस र अटो ठोक्किँदा अटो चालक गम्भीर घाइते भएका छन् ।

शनिवार राति ९ः५० बजेको समयमा काठमाण्डौबाट महेन्द्रनगरतर्फ आउदै गरेको ना ८ ख ८३५१ नम्बरको बस र बिपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश०३–००१ ह ६८० नम्बरको अटो आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा परी अटो चालक भरतपुर–१ रामनगर बस्ने वर्ष ३६ को मेन चन्द्र गुरुङ गम्भीर घाइते भएको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । घाइते गुरुङको शरिरको भित्रि भागमा चोट लागेको छ ।

सुरुमा उपचारका लागि भरतपुर अस्पताल लगिएकामा थप उपचारको लागि चितवन मेडिकल कलेज रिफर गरिएको प्रहरी प्रवक्ता रिजालले बताए । बस र बस चालक कञ्चनपुर बेदकोट नगरपालिका–३ दैँची बस्ने वर्ष ५० को जगत बहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

images
प्रकाशित मिति :मंसिर २, २०८१ आइतवार - ०८:०२:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology