Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भैरहवामा होटेल, रेस्टुरेन्टको अनुगमन, देहव्यापारमा संलग्न ८ जना पक्राउ

भैरहवामा होटेल, रेस्टुरेन्टको अनुगमन, देहव्यापारमा संलग्न ८ जना पक्राउ

इच्छाकामना न्युज

२७, कार्तिक २०८१
भैरहवामा होटेल, रेस्टुरेन्टको अनुगमन, देहव्यापारमा संलग्न ८ जना पक्राउ
images

भैरहवा। रुपन्देहीको भैरहवाका होटेल, रेस्टुरेन्ट तथा स्पा सेन्टरमा अनुगमन गरी देहव्यापारमा संलग्न भएको भन्दै आठ जनालाई पक्राउ गरिएको छ । सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीको नेतृत्वमा आइतबार साँझ अनुगमन गरिएको हो । 

images
images

होटेल, रेस्टुरेन्ट तथा स्पा सेन्टरको नाममा केही स्थानमा मापदण्डविपरीत काम भइरहेको धेरै गुनासो आएपछि अनुगमन गरिएको उपप्रमुख तथा नगरपालिकाको अनुगमन समिति संयोजक अधिकारीले बताउनुभयो । बसपार्क र देवकोटाचोक क्षेत्रमा सञ्चालित केही होटेल, रेस्टुरेन्ट तथा स्पा सेन्टरमा अनुगमन गरिएको उहाँले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “होटेलको नाममा देहव्यापारलगायत अन्य अवैध गतिविधि गर्न पाइँदैन । मापदण्ड र प्रक्रिया पूरा गरेर मात्र होटेल सञ्चालन गर्नु पर्छ ।” अनुगमनका क्रममा होटेल, रेस्टुरेन्ट तथा स्पा सेन्टरमा सरसफाइमा ध्यान दिन, यहाँ कार्यरत कर्मचारीलाई पोसाक र परिचयपत्रको अनिवार्य व्यवस्था गर्न सञ्चालकलाई सचेत गराइएको छ । उहाँले भन्नुभयो, “नेपालको कानुनले बर्जित गरेका कुनै पनि कार्य गर्न पाइँदैन । कानूनविपरीत कार्य गर्नेलाई कानुनी दायरामा ल्याउनु पर्छ । सभ्य समाज निर्माण गर्नु पर्छ ।” 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले बसपार्कलगायत अन्य क्षेत्रमा सञ्चालित होटेलमा अनुगमन गरिएको बताउनुभयो । 

सिद्धार्थनगर नगरपालिकाको उपप्रमुखसहित प्रहरीको संयुक्त टोलीले होटेलमा अनुगमन गर्दा अवैध क्रियाकलाप गरिरहेको अवस्थामा छ जना महिलालाई नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । त्यस्तै दुई जना होटेल सञ्चालकलाई पनि नियन्त्रणमा लिइएको डिएसपी खनालले जानकारी दिनुभयो । केही फरार भएको उहाँले बताउनुभयो । 

होटेलमा अवैध किसिमका क्रियाकलाप भइरहेको जनगुनासो आएपछि अनुगमन गरिएको डिएसपी खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “नियन्त्रणमा लिइएका महिला तथा होटेल सञ्चालकलाई सोधपुछ तथा अनुसन्धानकै क्रममा छौँ, त्यसपश्चात् कानुनी प्रक्रिया अघि बढाउँछौँ ।”   

images
प्रकाशित मिति :कार्तिक २७, २०८१ मंगलवार - १०:०६:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology