Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

नेपाल तमू विद्यार्थी छोंज धी चितवन उत्कृष्ट शाखाको रुपमा सम्मानित

नेपाल तमू विद्यार्थी छोंज धी चितवन उत्कृष्ट शाखाको रुपमा सम्मानित

images

इच्छाकामना न्युज

२७, कार्तिक २०८१
नेपाल तमू विद्यार्थी छोंज धी चितवन उत्कृष्ट शाखाको रुपमा सम्मानित
images

भरतपुर । नेपाल तमू (गुरूङ) विद्यार्थी छोंध धींको तनहुँको दमौलीमा सम्पन्न १२औँ राष्ट्रिय महाधिवेशनमा नेपाल तमू विद्यार्थी छोंज धीं चितवन शाखा देशैभरमा उत्कृष्ट शाखा घोषित भएको छ ।

केन्द्रीय महाधिवेशनका क्रममा सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले चितवन जिल्लालाई उत्कृष्ट जिल्लाको रुपमा सम्मान प्रदान गरेका छन् ।

केन्द्रको महाधिवेशनका लागि देशभरका ३५ जिल्लाका तमू विद्यार्थी दमौलीमा भेला भएका थिए । महाधिवेशन सफल पार्नका लागि देशभरका करिब तीन सय जना तमू विद्यार्थी दमौली पुगेका थिए । चितवन जिल्लाका अध्यक्ष रूक्सन गुरूङका अनुसार चितवन जिल्लाबाट पनि २१ जनाको टोली दमौली पुगेको थियो ।

तमू विद्यार्थीहरुको हकअधिकारको क्षेत्रमा काम गर्ने योजनासहित विसं २०५२ सालमा स्थापना भएको संस्थाले देशैभर शाखा विस्तार गर्दै आएको छ । सोही क्रममा ३५ जिल्लामा जिल्ला शाखा गठन भइसकेको छोंज धींले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक २७, २०८१ मंगलवार - ०९:२९:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology