Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अछाममा रक्सी पिएर गाउँभरि असईको उपद्रो, स्थानीयले कुटे

अछाममा रक्सी पिएर गाउँभरि असईको उपद्रो, स्थानीयले कुटे

इच्छाकामना न्युज

२५, कार्तिक २०८१
अछाममा रक्सी पिएर गाउँभरि असईको उपद्रो, स्थानीयले कुटे
images

काठमाडौं । मदिरा सेवन गरेर गाउँमा होहल्ला गर्दै गाली बेइज्जती गर्ने प्रहरी सहायक निरीक्षकलाई स्थानीयले कुटपिट गरेका छन् । अछामको तुर्माखाद गाउँपालिकामा कार्यरत असई महेश सिंह धामीलाई स्थानीयले कुटपिट गरेका हुन् ।

images
images

रहफस्थित प्रहरी चौकीका इन्चार्ज समेत रहेका धामीले मदिरा सेवन गरेर होहल्ला गर्दै गाली बेइज्जती गरेका थिए ।

कार्तिक १४ गते राति धामी २ किलोमिटर टाढाको गाउँमा एक्लै पुगेर मदिरा खाएका थिए ।

रातिको समयमा मदिराले मातिएका धामीले होहल्ला गर्दै गाली बेइज्जती गरेपछि स्थानीयले उनलाई नियन्त्रणमा लिएर कुटपिट गरेका हुन् ।

घटनामा प्रहरी निरीक्षक धामी घाइते भएका छन् ।

images
प्रकाशित मिति :कार्तिक २५, २०८१ आइतवार - १३:३८:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology