Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सत्रकिलोमा एकाबिहानै बस र हायस ठोक्किँदा ४ जनाको मृत्यु

सत्रकिलोमा एकाबिहानै बस र हायस ठोक्किँदा ४ जनाको मृत्यु

इच्छाकामना न्युज

२३, कार्तिक २०८१
सत्रकिलोमा एकाबिहानै बस र हायस ठोक्किँदा ४ जनाको मृत्यु
images

चितवन । चितवनको भरतपुर महनगरपालिका–२९ सत्र किलोमा बस र इलेक्ट्रिक हायस ठोक्किँदा चार जनाको मृत्यु भएको छ ।

images
images

प्रहरीका अनुसार मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ०६–००१ ज. ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा. प्र. ०३–००१ ख. २८१२ नम्बरको बस एकआपसमा ठक्कर खाँदा चार जनाको मृत्यु भएको हो ।

चितवन प्रहरी प्रवक्ता डीएसपी भेसराज रिजालका आनुसार हायसमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घाइतहरुमध्ये दुई जनाको भरतपुर अस्पताल र चार जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

images
प्रकाशित मिति :कार्तिक २३, २०८१ शुक्रवार - ०७:२८:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology