Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

चितवनको रत्ननगरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु, २ जना गम्भिर घाइते

चितवनको रत्ननगरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु, २ जना गम्भिर घाइते

images

इच्छाकामना न्युज

२१, कार्तिक २०८१
चितवनको रत्ननगरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु, २ जना गम्भिर घाइते
images

चितवन ।चितवनको रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनामध्ये एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाइते भएका छन् ।

गएराति १२ः२५ बजेको समयमा खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको मधेस प्रदेश०१–००१ ख ०४५७ नम्बरको बस र टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको ना २४ प १९१८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुई सवारी साधन आपसमा ठोक्किई दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जना गम्भिर घाइते भएको भएका थिए । घाइतेमध्ये रत्ननगर–१३ अमिलिया बस्ने अन्दाजी २१ वर्षीय सुनिल पौडेलको चितवन मेडिकल कलेजमा उपचारका क्रममा गएराति १२ः५१ बजे मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

सोहि ठाउँ बस्ने अन्दाजी २० वर्षीय साहिल परियार र अन्दाजी २१ वर्षीय सञ्जय लामा गम्भिर घाइते भई चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । परियारको टाउको र दाहिने खुट्टामा चोट लागेको छ भने लामाको दाहिने खुट्टा, हात र अनुहारमा चोट लागेको प्रहरीले बताएको छ ।

बस चालक सिराहा मिर्चैया नगरपालिका–९ बस्ने बर्ष ४६ को सुनिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

images
प्रकाशित मिति :कार्तिक २१, २०८१ बुधवार - ०९:०९:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology