Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

फार्मेसी व्यवसायी गुरुङद्वारा जन्मदिनमा आर्थिक सहयोग प्रदान

फार्मेसी व्यवसायी गुरुङद्वारा जन्मदिनमा आर्थिक सहयोग प्रदान

images

इच्छाकामना न्युज

२९, माघ २०७७
फार्मेसी व्यवसायी गुरुङद्वारा जन्मदिनमा आर्थिक सहयोग प्रदान
images

पोखरा, २९ माघ । पुरानो घर महाशिला ४, पर्बत लाम्तुन भै हाल पोखरा १५ नयां गाउँ बसोवास गर्दै आउनु भएकी फार्मेसी व्यवसायी किरण गुरुङले आज परेको आफ्नो जन्मदिनमा विभिन्न संस्थाहरुलाई आर्थिक सहयोग गरेको छ। सन्जीवनी दिदी बहिनी केन्द्र पोखरा र होमोप्याथिक एशोसियसन गण्डकी प्रदेश समितिलाई फार्मेसी व्यवसायी किरण गुरुङले आफ्नो जन्मदिनको अवसर पारेर विभिन्न संस्थाहरुलाई आर्थिक सहयोग गरेको हो।
गुरुङले सन्जीवनी दिदी बहिनी केन्द्रको कार्य योजना मन पराएर उक्त कार्यक्रमको लागि नगद २५ हजार र होमोप्याथिक एशोसियसन गण्डकी प्रदेश समितिलाई नगद ५ हजार आर्थिक सहयोग प्रदान गरेका छन्। उनले जन्मदिनमा पार्र्टी प्यालेस र होटेलहरुमा भड्किलो र खर्चिलो तरिकाले जन्मोत्सव नमनाउन सबैलाई सुझाब दिदै यसरी खर्चिलो जन्मोत्सब मनाउनु भन्दा त्यो खर्चले बरु समाजसेवा र पुण्य कार्यमा लगानी गर्न अनुरोध समेत गरेका छन्।
व्यवसायी किरण गुरुङ होमोप्याथिक एशोसियसन गण्डकी प्रदेश समितिका द्वितिय उपाध्यक्ष, छ्याजालो मिडिया ग्रुप प्रा.लि.का सञ्चालक समेत हुन्।

 

images
प्रकाशित मिति :माघ २९, २०७७ बिहिवार - २२:४१:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology