Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

भरतपुर सहित दाङ देउखुरी र काठमाडौं उपत्यकाको वायु प्रदूषण खराब स्तरमा

भरतपुर सहित दाङ देउखुरी र काठमाडौं उपत्यकाको वायु प्रदूषण खराब स्तरमा

images

इच्छाकामना न्युज

१५, कार्तिक २०८१
भरतपुर सहित दाङ देउखुरी र काठमाडौं उपत्यकाको वायु प्रदूषण खराब स्तरमा
images

भरतपुर । काठमाडौं उपत्यकासहितका जिल्लामा वायुप्रदूषण ह्वात्तै बढेको छ । आज बिहान सवा आठ बजेको समयसम्म काठमाडौंको रत्नपार्क, ललितपुरको खुमलटार, भक्तपुर, भरतपुर र दाङको देउखुरीको वायु खराबस्तरमा पुगेको छ ।

सबैभन्दा बढी वायु प्रदूषण दाङ देउखुरीमा छ । बिहान सवा आठ बजेको समयमा त्यहाँको वायु गुणस्तर सूचक (एक्यूआई) १७७ पुगेको छ । यही समयमा बुधबार १२० एक्यूआई थियो ।

त्यसपछि भक्तपुरमा बुधबार ९२ एक्यूआई रहेकामा बिहीबार १६० र ललिपुरको खुमलटार क्षेत्रमा बुधबार १०४ एक्यूआई रहेकोमा बिहीबार १३४ पुगेको छ । चितवनको भरतपुरमा पनि आज वायुप्रदूषण छ । त्यहाँको एक्युआई १५६ छ ।

एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ । वायुको अवस्था जनाउने सूचक १०० भन्दा माथि पुगेमा स्वास्थ्य कमजोर भएकाहरुका लागि अस्वस्थकर र १५० अंकभन्दा माथि पुगेमा सबैलाई अस्वस्थकर मानिन्छ ।

काठमाडौंका हाँडिगाउँ, महाराजगञ्जस्थित अमेरिकी दूतावास लगायत क्षेत्रमा पनि वायु प्रदूषण खराब स्तरमा पुगेको छ ।

यी सबै स्थानको वायु खराबस्तरमा पुगेको जनाउ दिन रातो रङ्गले संकेत गरेको छ । यसको अर्थ बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासका बिरामीहरुलाई जोखिम हुन्छ भन्नु हो । वायुप्रदूषणले फोक्सो, मुटुमा समेत असर पर्ने र मानिसको ज्यानै जान सक्ने भएकाले मास्कविना हिँडडुल गर्न नहुने जानकारहरु बताउँछन् ।

यस्तो बेलामा मोर्निङ वाक लगायतका काम नगर्ने, अतिआवश्यक नभई घर बाहिर ननिस्कने, घरबाहिर निस्किनै पर्ने भए सर्जिकल मास्क, चस्मा र पूरै शरीर ढाक्ने कपडा लगाउने तथा धुवाँधुलो हुने गतिविधि गर्न नहुने जनस्वास्थ्यविद कमल रानाभाट बताउँछन् ।

नयाँदिल्ली र लाहोर सबैभन्दा बढी प्रदूषित  

विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार नेपालको वायु अस्वस्थकरको सूचीमा नवौं स्थानमा छ ।

विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार नेपालको वायु अस्वस्थकरको सूचीमा नवौं स्थानमा छ ।

पहिलो स्थानमा भारतको नयाँदिल्ली र दोस्रो स्थानमा पाकिस्तानको लाहोर छ । नयाँदिल्लीको एक्यूआई २८५ र लाहोरको एक्यूआई २०८ छ । दिल्ली र लाहोरको वायु अत्यन्तै खराबस्तरमा पुगेको जनाउ दिन भान्टा रङ्गले संकेत गरिएको छ ।

images
प्रकाशित मिति :कार्तिक १५, २०८१ बिहिवार - ०९:२५:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology