Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमाले चितवनको शुभकामना कार्यक्रम सम्पन्न, एमालेले प्रतिसोधको राजनिति नगरेको महासचिव पोखरेलको भनाई

एमाले चितवनको शुभकामना कार्यक्रम सम्पन्न, एमालेले प्रतिसोधको राजनिति नगरेको महासचिव पोखरेलको भनाई

इच्छाकामना न्युज

१४, कार्तिक २०८१
एमाले चितवनको शुभकामना कार्यक्रम सम्पन्न, एमालेले प्रतिसोधको राजनिति नगरेको महासचिव पोखरेलको भनाई
images

चितवन । नेकपा एमाले चितवनद्वारा नेपालीहरुको महान् पर्व विजया दशमी, शभु–दीपावली, नेपाल सम्वत् एवम् छठ पर्वको पावन अवसरमा आयोजित शुभकामना कार्यक्रम सम्पन्न भएको छ । मंगलबार एमाले चितवनको जिल्ला पार्टी कार्यालयमा सम्पन्न कार्यक्रममा एमाले महासचिव शंकर पोख्रेलले संवोधन गरे ।

images
images
 
 

उनले रवि लामिछानेले चलाएको नयाँ खोज्ने हिप्नोटिजमको शिकार चितवन भएको बताएका छन् । उनले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ गरेको चितवन रवि लामिछानेको स्टन्टबाजी र हिप्नोटिजमको शिकार भएको बताएका हुन् ।

उनले रवि लामिछानेसहितको समुहले संगठित रुपमा सहकारीको पैसा गोरखा मिडियामा लगेर चाँडै धनी हुने सपना देखेको बताएका छन् । सहकारीको मान्यता विपरित सहकारीको पैसालाई कम्पनीतर्फ डाइभर्ट गर्ने सुनियोजित षड्यन्त्र भएको उनले बताए ।

कार्यक्रमा पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्ता, जनवर्गीय संगठनका विभिन्न कमिटीका नेता कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो । एमाले चितवनका सचिव प्रकाश ढुंगानाले सञ्चालन गरेको कार्यक्रममा उपसचिवहरु मिन बहादुर परियार र ज्वालापुरी वनले सहजीकरण गरेका थिए ।

images
प्रकाशित मिति :कार्तिक १४, २०८१ बुधवार - १०:०९:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology