Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

चितवन बागमती प्रदेशकै मुख्य पर्यटकीय गन्तव्य हो : मुख्यमन्त्री तामाङ

चितवन बागमती प्रदेशकै मुख्य पर्यटकीय गन्तव्य हो : मुख्यमन्त्री तामाङ

images

इच्छाकामना न्युज

८, कार्तिक २०८१
चितवन बागमती प्रदेशकै मुख्य पर्यटकीय गन्तव्य हो : मुख्यमन्त्री तामाङ
images

काठमाडौँ । वागमती प्रदेशकै मुख्य पर्यटकीय गन्तव्य चितवन रहेको वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले बताएका छन् ।

बिहीबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘चितवन चिन्तनः चितवनको शक्ति, सम्भावना, समस्या र समाधानका उपायको खोजी’ कार्यक्रमका मुख्य वक्ता मुख्यमन्त्री तामाङले चितवन प्रदेशकै मुख्य पर्यटकीय गन्तव्य रहेकको बताएका हुन् ।

‘चितवन वाग्मती प्रदेशको मुख्य पर्यटकीय गन्तव्य रहेको जिल्ला हो,’ उनले भने, ‘यो गन्तव्यलाई थप व्यवस्थित बनाउन जरुरी छ । चितवनको सौराह, मेघौली, माडी र सिराइचुली जोडेर पर्यापर्यटन परिपथ विकास गर्ने योजना बनाएका छौं ।’

कार्यक्रममा उनले रैथाने र स्थानीय कृषि वस्तु र उत्पादनको ब्रान्डिङ र बजारीकरण गर्न अति आवश्यक देखिएको बताए । ‘प्रदेशभित्रको रैथाने खानाहरूको पहिचान गर्ने र पेटेन्ट दर्ता गरेर होटलहरूमा मेनु नै बनाएर राख्नु पर्दछ,’ उनले थपे ।

images
प्रकाशित मिति :कार्तिक ८, २०८१ बिहिवार - २१:२९:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology