Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गण्डकी सरकारलाई पूर्णता, भेषबहादुर पौडेल वनमन्त्रीमा नियुक्त

गण्डकी सरकारलाई पूर्णता, भेषबहादुर पौडेल वनमन्त्रीमा नियुक्त

इच्छाकामना न्युज

५, कार्तिक २०८१
गण्डकी सरकारलाई पूर्णता, भेषबहादुर पौडेल वनमन्त्रीमा नियुक्त
images

लेखनाथ, कात्तिक ५ गते । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । लमजुङ 'ख' बाट निर्वाचित भेषबहादुर पौडेल सोमबार वन तथा वातावरण मन्त्री नियुक्त भएपछि नौ सदस्यीय गण्डकी सरकारले पूर्णता पाएको हो ।

images
images

अहिलेको सरकारमा नेकपा (एमाले) बाट चार जना मन्त्री हुनुहुन्छ भने नेपाली समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा ऊर्जा मन्त्री हुनुहुन्छ । दुई तिहाइको सरकारमा मुख्यमन्त्रीसहित चार मन्त्री नेपाली कांग्रेसका हुनुहुन्छ । नवनियुक्त मन्त्री पौडेललाई प्रदेश प्रमुख डिल्लीराज भट्टले सोमबार आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभयो । अहिलेको सरकारमा लमजुङका दुवै निर्वाचन क्षेत्रले मन्त्री पाएका छन् । मन्त्रिपरिषद्मा लमजुङ 'क' बाट निर्वाचित डा टकराज गुरुङ आर्थिक मामिला मन्त्री हुनुहुन्छ ।

नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहनुभएका पाण्डे गएको जेठ १६ गते सर्वोच्च अदालतको परमादेशबमोजिम मुख्यमन्त्री बन्नुभएको थियो । पाण्डेलाई अहिले गण्डकी प्रदेशसभाका ८८ प्रतिशत सदस्यको समर्थन छ । ६० सदस्यीय प्रदेशसभामा अहिलेको सरकारलाई नेपाली कांग्रेसका २७, नेकपा (एमाले)का २२, स्वतन्त्र सांसद राजीव गुरुङ, नेपाली समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का दुई गरी ५३ सांसदको समर्थन छ । सरकारमा नगई पाण्डे सरकारलाई विश्वासको मत दिएको राप्रपाले अहिलेसम्म सरकारलाई समर्थन कायमै राखेको छ । अहिले सरकारको विपक्षमा सात सांसद रहेको नेकपा (माओवादी केन्द्र) मात्र छ ।

सङ्घमा नेकपा (एमाले) र कांग्रेसको संयुक्त सरकार बनेको करिब दुई महिनापछि गण्डकीमा दुई तिहाइभन्दा बढीको समर्थन रहेको सरकार बनेको थियो । एमालेबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व)की सांसद पद्मा जिसी भूमि व्यवस्था, कृषि तथा सहकारी, बागलुङका सांसद कृष्णप्रसाद पाठक स्वास्थ्य मन्त्रालय र समानुपातिकबाट सांसद कास्कीका प्रकाशबहादुर केसी भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हुनुहुन्छ । पर्वतबाट निर्वाचित सांसद मित्रलाल बस्याललाई उद्योग तथा पर्यटन मन्त्री हुनुहुन्छ ।

कांग्रेसबाट विन्दुकुमार थापा सामाजिक विकास युवा तथा खेलकुद मन्त्री हुनुहुन्छ । गएको भदौ १७ गते एमालेलाई भौतिक पूर्वाधार मन्त्रालय दिइएपछि मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले आफूलाई परेको वन तथा वातावरण मन्त्रालय अस्वीकार गर्दै राजीनामा दिनुभएको थियो ।

images
प्रकाशित मिति :कार्तिक ५, २०८१ सोमवार - २०:२८:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology