Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

ठेकी कोरेर जीवन गुजारा

ठेकी कोरेर जीवन गुजारा

इच्छाकामना न्युज

५, कार्तिक २०८१
ठेकी कोरेर जीवन गुजारा
images

जाजरकोट। छेडागाड नगरपालिका–९ का चन्द्रबहादुर चनारा ठेकी कोरेर आफ्नो परिवारको लालनपालन गर्दै आउनुभएको छ । एक छोरा र तीन छोरीसहित छ जनाको परिवार भएका चनाराले काठको ठेकी कोर्ने पेसाबाट आएको आम्दानीले परिवारको पालनपोषणसहित छोराछोरीलाई पढाउँदै आएको बताउनुहुन्छ । 

images
images

चन्द्रबहादुरले कोरेको ठेकी स्थानीय गाउँमै बिक्री हुने गरेको छ भने कतिपयले नेपालगन्ज, सुर्खेतलगायतका सहरमा चिनोका रूपमा लिने गरेका छन् । एक दिनमा ठुला चार वटा, साना पाँच/छ वटासम्म ठेकी कोर्ने गरेको उहाँको भनाइ छ । लोप हुँदै गएको परम्परागत सिपलाई आफ्ना छोराभाइलाई सिकाउने इच्छा भएको चनाराले बताउनुभयो । ठेकी कोर्ने परम्परागत सिप लोप हुँदै गएको बताउँदै उहाँले पछिल्लो पुस्ताले यस पेसाप्रति चासो नलिएकोमा चिन्ता व्यक्त गर्नुभयो । आफूले ठेकी उद्योग सञ्चालन गर्नका लागि सरकारी अनुदानसँगै बजार व्यवस्थापनको आवश्यकता पर्ने उहाँको भनाइ छ ।  

images
प्रकाशित मिति :कार्तिक ५, २०८१ सोमवार - ०९:१०:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology