Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मकवानपुरमा सवारी दुर्घटनामा ३५ जना यात्रु घाइते, ६ जनाको अवस्था गम्भीर

मकवानपुरमा सवारी दुर्घटनामा ३५ जना यात्रु घाइते, ६ जनाको अवस्था गम्भीर

इच्छाकामना न्युज

२४, आश्विन २०८१
मकवानपुरमा सवारी दुर्घटनामा ३५ जना यात्रु घाइते, ६ जनाको अवस्था गम्भीर
images

हेटौँडा । भीमफेदी–काठमाडौं सडकअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ गोल्फिन बेंसीमा बुधबार साँझ भएको सवारी दुर्घटनामा परी ३५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ ।

images
images

हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सी र काठमाडौंबाट जनकपुरका लागि आउँदै गरेको बा ३ ख २७२३ नम्बरको मिनीबस एकआपसमा ठोक्किँदा बस सडकबाट करिब १० फिट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।

दुर्घटनामा परी बसमा सवार ३५ जना यात्रु घाइते भएको र घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौँडास्थित अस्पताल ल्याइएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।

गम्भीर घाइते ६ जनालाई थप उपचारका लागि चितवन पठाइएको र बाँकी सबै घाइतेहरूको हेटौँडा अस्पतालमै उपचार भइरहेको उनको भनाइ छ । दुर्घटनामा परी घाइते भएकाको नाम ठेगाना हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनाका कारण केहीबेर अवरुद्ध रहेको सो सडक अहिले सञ्चालनमा रहेको उनले बताए ।

images
प्रकाशित मिति :आश्विन २४, २०८१ बिहिवार - ०८:२२:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology