Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बडादसैंको अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना सन्देश

बडादसैंको अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना सन्देश

images

इच्छाकामना न्युज

२४, आश्विन २०८१
बडादसैंको अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना सन्देश
images

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले दसैँ पर्वको अवसरमा शुभकामना सन्देश जारी गरेका छन्। उनले विज्ञप्ती मार्फत पर्वको संरक्षण एवं संवर्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने विश्वास गरेका छन्। शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले  बडादसैँले सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थपोस् भन्ने कामना गरेका छन्। 

दसैं पर्वले नेपालीलाई आआफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्‍भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने पौडेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। शुभकामना सन्देशमा उनले भनेका छन् , “हाम्रो मुलुकमा परम्परागत रूपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका चाडपर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबिच रहेको मौलिकतालाई थप सुदृढ गर्नुका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महìवपूर्ण योगदान गरिरहेका छन्।”

यसैबिच उपराष्ट्रपति रामसहायप्रसाद यादवले दसैँको शुभकामना दिँदै यस पर्वले नेपालीबिच सामूहिकता र एकतालाई बढावा दिनुका साथै व्यक्तिको मन, वाणी र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार गर्ने भावनाले अभिप्रेरित भएको जनाएका छन्।व्यक्तिमा असल संस्कार, व्यवहार र सामाजिकताको पृष्ठपोषण गर्न विजयादशमीले सघाउ पुग्ने उपराष्ट्रपति यादवको विश्वास छ। 

उनको सन्देशमा भनिएको छ, “विजयादशमीले सम्पूर्ण मानव जातिलाई अन्याय, अत्याचार तथा असत्यको मार्ग छाडेर सदैव न्याय, सदाचार र सत्यपथमा हिँड्न उत्प्रेरित गर्न सकोस्। यो पर्वले समाजमा चेतनशीलता र सजगता ल्याउँदै सबैलाई मन वचनबाट सुकर्म गर्न र मस्तिष्क हृदयबाट कुविचार परित्याग गर्न सघाउ पुगोस् ।”

images
प्रकाशित मिति :आश्विन २४, २०८१ बिहिवार - ०८:१६:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology