Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

हेटौँडा–भीमफेदी–काठमाडौँ सडक एक सातापछि सञ्चालनमा

हेटौँडा–भीमफेदी–काठमाडौँ सडक एक सातापछि सञ्चालनमा

images

इच्छाकामना न्युज

२१, आश्विन २०८१
हेटौँडा–भीमफेदी–काठमाडौँ सडक एक सातापछि सञ्चालनमा
images

बागमती । हेटौँडा–भीमफेदी–काठमाडौँ सडक एक सातापछि सञ्चालनमा आएको छ ।

हेटौंडा–भीमफेदी हुँदै काठमाडौँ जाने सडकखण्डमा पर्ने सिमखोला र फाखेल स्थित सडकमा डाईभर्सन बनाएर बाटोको मर्मत सकिएपछि साँझबाट सडकमा सवारी आवतजावत सञ्चालन भएको बागमती प्रदेश सरकार मातहतको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्करप्रसाद पोखरेलले जानकारी दिए । 

मर्मत सम्भार भएसँगै हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीका हेटौँडा–फाखेल–काठमाडौँ, हेटौँडा–कुलेखानी–चखेल–मातातीर्थ, हेटौँडा–कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ सडक सञ्चालनमा आएको निर्देशक पोखरेलले बताए । 

‘‘सडक मर्मत गरेर तत्काल सवारीसाधन सञ्चालन भए पनि अझै पूर्ण रुपमा सडक मर्मत सम्पन्न भइसकेको छैन”, निर्देशक पोखरेलले भने, ‘‘सडकमा अझै केही काम गर्न बाँकी रहेकाले भोली फेरि केहीबेरका लागि सो सडकमा सवारी चलाउन रोक्नुपर्ने हुन्छ ।” 

 यही असोज १० गतेदेखि १२ गतेसम्म आएको वर्षासँगै कुलेखानी ड्यामको पानीले सिमखोला पुलमा करिब एक सय मिटरमा क्षति पुर्‍याएको थियो ।  फाखेलतर्फको महालक्ष्मी खोला पुल र आसपासको करिब सात सय मिटर सडक बगाएको थियो ।

images
प्रकाशित मिति :आश्विन २१, २०८१ सोमवार - ०८:४८:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology