Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

हात्तिको आक्रमणबाट सौराहामा माउतेको मृत्यु

हात्तिको आक्रमणबाट सौराहामा माउतेको मृत्यु

images

इच्छाकामना न्युज

१७, आश्विन २०८१
हात्तिको आक्रमणबाट सौराहामा माउतेको मृत्यु
images

चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ । पसलबाट सामान लिएर सौराहा स्थित खोरसोरमा जाने क्रममा आज(विहिवार)साँझ सात बजे गोविन्दे हात्तिको आक्रमणबाट हरिपुर नगरपालिका ६ सर्लाहीका ३४ वर्षिय जग्दु सिंहको मृत्यु भएको हो ।

‘बाहिरबाट सामान किनेर दुई जना खोरसोर नजिकको पुल क्रस गरेर आउँदै हुनुहुँदो रैछ । सिमलको रुखमा लकेर बसेको गोविन्दे हात्तीले आक्रमण गर्दा साँझ सात बजे एक जना कर्मचारीको मत्यु भयो’- चितवन निकुञ्जका प्रमुख डिलबहादुर पुर्जा पुन मगरले भने ।

उनी पछुवा पदमा कार्यरत थिए । पछिल्लो समय सिंह कतार पठाउन लागेको हात्ती खगेन्द्रप्रसादको रेखदेखमा खटिँदै आएको उनले बताए । अर्का एक जना भने भागेर बाच्न सफल भएको उनले जानकारी दिए । गोविन्दे जंगली हात्ती हो । पोथी हात्तिको खोजिमा सौराहाको खोरसोरमा आउने गर्दछ । यसअघि झयाप्ले खोलाको पहिरोमा परेर निकुञ्जमा स्काउटपदमा कार्यरत तेज बहादुर विष्टको मृत्यु भएको थियो ।

images
प्रकाशित मिति :आश्विन १७, २०८१ बिहिवार - २३:४४:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology