हेटौँडा । बागमती प्रदेश सरकारले चालु १४ औं बर्षे अधिवेशन अन्त्यको लागी बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष सिफारिस गरेको छ ।
मंगलबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले असोज १६ गते बुधबार रातको १२ बजेबाट अधिवेशन अन्त्य हुने गरि सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
मन्त्री लामिछानेले २०८१ बैशाख ३१ गतेबाट सुरु भएको वर्षे अधिवेशन संविधान को धारा १८३ को उपधारा २ बमोजिम अन्त्यका लागी सिफारिस गरेको बताए ।