Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

प्रथम राष्ट्रिय युवा संघ नेपाल कप २०८१ को उपाधि दाहाखानी फुटबल क्लबलाई

प्रथम राष्ट्रिय युवा संघ नेपाल कप २०८१ को उपाधि दाहाखानी फुटबल क्लबलाई

images

इच्छाकामना न्युज

१४, आश्विन २०८१
प्रथम राष्ट्रिय युवा संघ नेपाल कप २०८१ को उपाधि दाहाखानी फुटबल क्लबलाई
images

चितवन । दाहाखानी फुटबल क्लब इच्छा कामना ७ ले प्रथम राष्ट्रिय युवा संघ नेपाल खुल्ला नकआउट प्रतियोगिता २०८१ को उपाधि जितेको छ । सगुन विकास समाज कालिका -७ को खेल मैदानमा भएको खेलमा गडुवा फुटबल क्लब कालिका वडा नम्बर १ लाई पराजित गर्दै दाहाखानी फुटबल क्लब इच्छाकामना -७ च्याम्पियन भएको हो ।

फुटबल प्रतियोगिताको फाइनल खेलमा दाहाखानीले गडुवा लाई २-१ ले स्थम्भ बनाएको हो । राष्ट्रिय युवा संघ नेपाल कालिका वार्ड नम्बर ७ का अध्यक्ष रुपेस परियारले अध्यक्षता गरेको कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय स्थाई कमिटी सदस्य चितवन जिल्ला इन्चार्ज शंकर अधिकारी रहनुभएको थियो ।

त्यस्तै संविधान सभा सदस्य नेकपा एमाले केन्द्रिय सदस्य कृष्ण भक्त पोखरेल र नेकपा एमाले चितवन जिल्ला अध्यक्ष कमल राज पाठक विशिष्ट अतिथिको रहनु भएका थियो । सो प्रतियोगिताको फाइनल खेलको सञ्चालन राष्ट्रिय युवा संघ नेपाल चितवन जिल्ला का सह-सचिव पुर्ण महतो (निशान)ले गर्नुभएको थियो ।

images
प्रकाशित मिति :आश्विन १४, २०८१ सोमवार - ०८:५२:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology