Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
२०८३, कार्तिक ११ गते
images

तमू समाज कुवेतको अध्यक्षमा रन्जना गुरुङ

तमू समाज कुवेतको अध्यक्षमा रन्जना गुरुङ

images

इच्छाकामना न्युज

१३, आश्विन २०८१
तमू समाज कुवेतको  अध्यक्षमा रन्जना गुरुङ
images

कुवेत। तमू समाज कुवेतको छैठौं अधिवेशन सम्पन्न भएको छ । कुवेतस्थित खैतानमा रहेको राजधानी होटलको सभाहलमा सम्पन्न अधिवेशनमा रन्जना गुरुङ अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकी छिन ।

“तमू गुरुङ जातिहरुको मौलिक पहिचान,जातीय उत्थान र एकताको निम्ति सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल उदेश्यको साथ २००९ मा स्थापना भएको तमू गुरुङहरुको साझा संस्था तमू समाज कुवेतको छैठौं अधिवेशन राजु गुरुङको सभापतित्व तथा नेपाली दूतावास कुवेतका राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यतामा सेप्टेम्बर २७ तारिख २०२४ शुक्र्बारको दिन कुबेतको खैतानस्थित राजधानी होटलको सभाहलमा सम्पन्न भएको हो।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष रणध्वज लामा, पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष राज मल्ल, आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामाङको बिशेष आतिथ्यता रहेको थियो भने कुवेतमा क्रियाशील रहेका नेपाली संघ संस्थाका प्रतिनिधि, व्यवसायी, पत्रकार, कलाकार, खेलाडी, समाजसेवी, बुद्धिजिवी तथा भद्रभलाद्मीहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई समाजका उपाध्यक्ष रन्जना गुरुङले संचालन गरेकी थिइन भने स्वागत मन्तव्य समाजको महासचिब सुरेश गुरुङ्ले राखेका थिए ।

समाजको सम्पन्न अधिवेशनबाट रन्जना गुरुङको नेतृत्वमा ७६ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

समाजको वरिष्ठ उपाध्यक्ष याम गुरुङ, उपाध्यक्ष नन्द घले गुरुङ, महिला उपाध्यक्ष शोभा गुरुङ, महासचिब सुरेश गुरुङ, सचिब अमृत गुरुङ, सहसचिब भेद गुरुङ, कोषाध्यक्ष पदम गुरुङ, सहकोषाध्यक्ष कुमारी गुरुङ, कलाकार संयोजक सुसिल गुरुङ, कलाकार उपसंयोजक सरस्वती गुरुङ, युवा संयोजक आकाश (हरी) गुरुङ, युवा उपसंयोजक तेज (शक्ती) गुरुङ , महिला संयोजक सुमी गुरुङ , खेलकुद संयोजक भुप्रसाद गुरुङ रहेका छन् ।

त्यस्तै सदस्यहरुमा गोपाल गुरुङ, निपेश गुरुङ, किरण गुरुङ, बबिता गुरुङ, पदम गुरुङ, कृष्ण गुरुङ (बुटवल), रमेश गुरुङ, केश गुरुङ, प्रेम गुरुङ, कृष्ण गुरुङ (बुटवल बी), पुर्णी कुमारी गुरुङ, सपना गुरुङ, ममता गुरुङ, यामबहादुर गुरुङ, सुधिर घले, राजेन गुरुङ, सुस्मी सुनाम, डम्बर गुरुङ, सुमित गुरुङ, चिन माया गुरुङ, मिना गुरुङ , कमल गुरुङ, केवल गुरुङ, केसब गुरुङ, डाईमान गुरुङ, देबु गुरुङ, सुस्मा गुरुङ, पुर्णिमा गुरुङ, अबिन गुरुङ, एन्जिला गुरुङ, खुशीमान गुरुङ, देबी गुरुङ, बिजा गुरुङ, मन बहादुर गुरुङ, मंगल गुरुङ, सिमा गुरुङ, दिवान गुरुङ, मनिष गुरुङ, पुष्पा गुरुङ, उषा गुरुङ, संगिता गुरुङ, सुमित्रा गुरुङ, अगम कुमारी गुरुङ, झरना गुरुङ, बिनी माया गुरुङ, दिल कुमारी गुरुङ, आदर्श गुरुङ , धन बहादुर गुरुङ, सुदिप गुरुङ, अनु गुरुङ, किसान गुरुङ, रेनुका गुरुङ, हिमा गुरुङ, बिस माया गुरुङ, देबी गुरुङ, जेनी गुरुङ, श्याम गुरुङ, रिसा गुरुङ, चिज बहादुर गुरुङ, कृष्ण गुरुङ, मानार्थ सदस्य सान्ती सुनुवार रहेका छन् ।

सल्लाहकार समितिमा संस्थापक तथा वरिष्ठ सल्लाहकार अमर गुरुङ, वरिष्ठ सल्लाहकार खोप गुरुङ, वरिष्ठ सल्लाहकार राजु गुरुङ, वरिष्ठ सल्लाहकार अमृत गुरुङ, वरिष्ठ सल्लाहकार भिम बहादुर गुरुङ सल्लाहकारहरुमा रोशन राज गुरुङ, सुमन गुरुङ, गोप प्रसाद गुरुङ, पवित्रा गुरुङ, रन्जु गुरुङ, अमृत गुरुङ रहेका छन ।

images
प्रकाशित मिति :आश्विन १३, २०८१ आइतवार - २१:१२:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology