Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

चितवनतर्फको देवघाटमा दुईवटा धर्मशाला डुबानमा, १०० जनाको उद्वार

चितवनतर्फको देवघाटमा दुईवटा धर्मशाला डुबानमा, १०० जनाको उद्वार

images

इच्छाकामना न्युज

१२, आश्विन २०८१
चितवनतर्फको देवघाटमा दुईवटा धर्मशाला डुबानमा, १०० जनाको उद्वार
images

चितवन । नारायणी नदीमा आएको बाढीले चितवनतर्फको भरतपुर महानगरपालिका–१ देवघाटमा रहेको जय भोले कुटी (थारु कुटी) र अखण्ड धर्मशाला डुबानमा परेका छन् । कुटी र धर्मशालामा बस्ने १०० जनालाई उद्धार गरी मारवाडी समाजको भवनमा राखिएको छ ।

भरतपुर–२५ सखुवानी बस्ने राजेन्द्र महतोले सञ्चालन गरेको शिव फर्निचरमा बेथरी खोलाको बाढी पसेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।  बाढीले काठ, मुढा लगायतका फर्निचर बगाएको छ भने मानवीय क्षति नभएको उनले बताए । प्रहरी र स्थानीयहरु उद्धारमा जुटेका छन् ।

images
प्रकाशित मिति :आश्विन १२, २०८१ शनिवार - ०७:३८:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology