Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पन्ध्रकिलोमा माइक्रो बस र ट्याङ्कर आपसमा ठोक्किदाँ १६ जना घाइते

पन्ध्रकिलोमा माइक्रो बस र ट्याङ्कर आपसमा ठोक्किदाँ १६ जना घाइते

इच्छाकामना न्युज

११, आश्विन २०८१
पन्ध्रकिलोमा माइक्रो बस र ट्याङ्कर आपसमा ठोक्किदाँ १६ जना घाइते
images

चितवन। मुग्लिङबाट नारायणगढ जाँदै गरेको माइक्रो बस र नारायणगढबाट मुग्लिङ आउँदै गरेको ट्याङ्कर आपसमा ठोक्किदाँ १६ जना घाइते भएका छन् ।

images
images

गएराति साढे ११ बजे मुग्लिङ-नारायणगढ सडक अन्तर्गत चितवनको भरतपुर-२९ पन्ध्रकिलोमा मुग्लिङबाट नारायणगढ जाँदै गरेको बा ३ ख १७५२ नम्बरको माइक्रो र नारायणगढबाट मुग्लिङ आउँदै गरेको बा.प्र.०३–००१ ख २६२२ नम्बरको दूध बोक्ने ट्याङ्कर ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

दुर्घटनामा घाइते भएकामध्ये माइक्रो बसका चालक सहित १२ जनालाई चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ४ जनालाई पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्याङ्कर चालक २९ वर्षीय पेमा लामालाई इलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ।

images
प्रकाशित मिति :आश्विन ११, २०८१ शुक्रवार - ०८:४५:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology