धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु नौबिसे सडकखण्डमा पर्ने धादिङको गल्छी ४ चिरौदीमा सुख्खा पहिरो खस्दा कार पुरेको छ । आज साँझ अन्दाजी सवा ७ बजेतिर उक्त स्थानमा पहिरो खस्दा गजुरी तर्फबाट काठमाण्डौ तर्फ जादै गरेको ग २ च ७८८५ नम्बर कार पुरिएको हो ।
पहिरोले पुरेको कारमा ४ जना सवार रहेकोमा सबैजनलाई सकुशल उद्वार गरी बैरेनी अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । प्रहरीका अनुसार पहिरोले उक्त राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ भने पहिरो पन्छाई सडक खुलाउने कार्य भैरहेको छ ।