Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका पूर्वसांसद ढाका श्रेष्ठ धरौटीमा रिहा

लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका पूर्वसांसद ढाका श्रेष्ठ धरौटीमा रिहा

images

इच्छाकामना न्युज

१०, आश्विन २०८१
लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका पूर्वसांसद ढाका श्रेष्ठ धरौटीमा रिहा
images

पोखरा । लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका ढाकाकुमार श्रेष्ठलाई जिल्ला अदालत कास्कीले बुधबार ७५ हजार रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।

न्यायाधीश भोलानाथ ढकालको इजालसले श्रेष्ठलाई धरौटीमा छोड्न आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए । उनी धरौटी बुझाएर रिहा भइसकेका छन् । मन्त्री बनाउन नेतृत्वले पैसा मागेको अभिव्यक्ति दिएपछि श्रेष्ठलाई रास्वपाबाले सांसदबाट निकालेको थियो ।

गत भदौ २७ गते प्रतिबन्धित औषधि (लागुऔषध) टापेटाडोल कारोबारमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको थियो । लागुऔषधसहित पक्राउ परेका एक युवकको बयानका आधारमा पृथ्वीचोकस्थित दिया फार्मेसीका सञ्चालकसमेत रहेको ढाकाकुमारलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ती युवकले उक्त लागुऔषध ढाकाकुमारले सञ्चालन गरेको फार्मेसीबाट ल्याएको बताएका थिए । बयान दिएको ती व्यक्तिलाई भने अदालले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

images
प्रकाशित मिति :आश्विन १०, २०८१ बिहिवार - २०:४२:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology