Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

पुँगीखोला मिचेर बनाएको भन्दै लायन्स भवन र बिक्रम पाण्डेको दियालो फुटल्याण्ड भत्काइयो

पुँगीखोला मिचेर बनाएको भन्दै लायन्स भवन र बिक्रम पाण्डेको दियालो फुटल्याण्ड भत्काइयो

इच्छाकामना न्युज

१०, आश्विन २०८१
पुँगीखोला मिचेर बनाएको भन्दै लायन्स भवन र बिक्रम पाण्डेको दियालो फुटल्याण्ड भत्काइयो

चितवन। भरतपुर महानगरले महानगरको मुख्य बजार क्षेत्रबाट बग्ने पुँगीखोला सिमानामा परेका संरचना हटाउन सुरु गरेको छ । बुधबार बिहान भरतपुर–१ र २ को सीमामा रहेको लायन्स भवनबाट उक्त अभियानको सुरुवात गरिएको हो । पाँचतले उक्त भवनकै नामबाट पूर्वपश्चिम राजमार्गको उक्त चोकको नाम लायन्स चोक रहन गएको थियो ।

images

२०४७/४८ सालतिर निर्माण सुरु गरी २०५१ सालमा सम्पन्न गरिएको उक्त भवन निर्माणका लागि जितबहादुुर पियाले जमिन उपलब्ध गराउनुभएको थियो भने तत्कालीन लायन्स इन्टरनेसनल ३२५ ‘बी’ अन्तर्गतको नारायणगढ लायन्सले भवन निर्माण गरेको हो ।

भरतपुर महानगरपालिकाले २०८१ साउन १२ गते पुुँगीखोलाको सीमा क्षेत्रमा बनेका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो । उक्त सूचनामा भनिएको थियो, “पुँगीखोलाको क्षेत्राधिकारभित्र निर्माण गरिएका अनधिकृत स्थायी र अस्थायी संरचना हटाउन सम्बन्धित जग्गाधनीलाई सूचित गरिन्छ ।” 

Untitled-1.jpg

पुँगीखोला भरतपुर महानगर–११ बाट सुरु भई वडा नं. २, १, ३ र ४ हुँदै नारायणी नदीमा मिसिने छ किलोमिटर ६५ मिटर लम्बाइको छ । यो खोलाको दुवैतर्फ ‘फुट ट्रेल’ सहित ठाउँ ठाउँमा विश्रामस्थल र पार्क निर्माण गर्ने महानगरको योजना रहेको बताइन्छ । पुँगीखोला सौन्दर्यीकरणका लागि महानगरले १६ करोड रुपियाँ विनियोजन गरेको छ ।

भरतपुर महानगरका प्रमुख रेनु दाहालले सार्वजनिक सूचना अटेर गरेका कारण बुधबारदेखि काम सुरु गरिएको बताउनुभयो । 

उहाँले केही समयअगाडि सीमाङ्कन गरिएको स्थान ‘क्लियर’ गरेर काम अगाडि बढाउने पनि बताउनुभयो । उक्त खोलाको भरतपुर–३ र ४ क्षेत्रका संरचना हटाइसकिएको र वडा नं. २ को केही भागमा मात्र संरचना हटाउन बाँकी छ । नारायणी नदीसँग जोडिएको वडा नं. ४ क्षेत्रमा गत आवबाट सौन्दर्यीकरणको काम सुरु भइसकेको छ ।

images
प्रकाशित मिति :आश्विन १०, २०८१ बिहिवार - ०९:२४:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology