Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

आयोजकलाई निराश बनाउदै पुलिस चितवन गोल्डकपको सेमिफाइनलमा

आयोजकलाई निराश बनाउदै पुलिस चितवन गोल्डकपको सेमिफाइनलमा

images

इच्छाकामना न्युज

९, आश्विन २०८१
आयोजकलाई निराश बनाउदै पुलिस चितवन गोल्डकपको सेमिफाइनलमा
images

चितवन । आयोजक हानामी भरतपुर फुटबल क्लब बिएफसीलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लब काठमाडौं गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

आज भएको प्रतिस्पर्धात्मक अन्तिम क्वाटरफाइनलमा पुलिसले बिएफसीलाई टाईब्रेकरमा ५-३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । त्यस अघि निर्धारित समयको खेल २-२ को बराबरी सकिएको थियो । 

पुलिसका लागि दुबै गोल सुजन मगरले गरे । आयोजकका सन्जिव विष्ट र सृजन गौतमले गोल गरे । खेलको १८ औं मिनेटमा सुजनको गोलमा पुलिसले अग्रता लिएको थियो । ६० औं मिनेटमा सन्जिवले बिएफसीका लागि बराबरी गोल फर्काए । 

लगत्तै ६२ औं मिनेटमा सुजनले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई पुन: अग्रता दिलाए । तर खेलको अन्तिम मिनेटमा सृजनले गोल गरेपछि निर्धारित समय २-२ को बराबरीमा सकियो । दुई गोल गरेका पुलिसका सुजन म्यान अफ दि म्याच भए । 

यो सँगै सेमिफाइनलमा पुलिस र एपिएफबीच विभागीय डर्बी हुने पक्का भएको छ । प्रतियोगितामा बुधवार पहिलो सेमिफाइनल खेल हुनेछ । जसमा सल्हेस एफसी सिराहा र बुटवल लुम्बिनी एफसी भिड्नेछन् । खेल दिउँसो ३:३० बजे हुनेछ । असोज १२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । 

प्रतियोगिताको मुख्य प्रायोजकमा गोल्डेन ईमिनेन्ट ईन्टरनेशनल तथा सह प्रायोजकमा हानामी ईन्टरनेशनल एजुकेसन रहेका छन् । बागमती प्रदेश सरकार, भरतपुर महानगरपालिका र चितवन जिल्ला फुटबल संघ प्रतियोगिताको प्रवर्द्धक संस्था हुन् ।

images
प्रकाशित मिति :आश्विन ९, २०८१ बुधवार - ०७:३५:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology