Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

डोटीमा किरिया बसेका व्यक्ति बलात्कार आरोपमा पक्राउ

डोटीमा किरिया बसेका व्यक्ति बलात्कार आरोपमा पक्राउ

इच्छाकामना न्युज

७, आश्विन २०८१
डोटीमा किरिया बसेका व्यक्ति बलात्कार आरोपमा पक्राउ

धनगढी । डोटीमा आमाको किरिया बसेका एक जना व्यक्ति बलात्कार आरोपमा पक्राउ परेका छन्।

images

आदर्श गाउँपालिका–६ का ३८ वर्षीय लाल रैकाललाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख डीएसपी भीमलाल भट्टराईले जानकारी दिए।

उनलाई आइतबार दिउँसो इलाका प्रहरी कार्यालय आदर्शको टोलीले पक्राउ गरेको हो। 

डीएसपी भट्टराईका अनुसार रैकालले गत भदौ ३१ मा २० वर्षीया युवतीको घाँटी थिचेर जबरजस्ती करणी गर्दै ३० हजार रुपैयाँसमेत लुटेको आरोप छ।

स्रोतकाअनुसार घटनापछि फरार भएका रैकाल शनिबार राति आमाको मृत्यु भएपछि दाहसंस्कारका लागि आइतबार बिहान मात्र घर आएका थिए।

आमाको दाहसंस्कार सकेर किरिया बसेको अवस्थामा रैकाललाई प्रहरीले पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :आश्विन ७, २०८१ सोमवार - ०८:३२:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology