Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँको व्यासमा गर्भवतीलाई पोषण भत्ता

तनहुँको व्यासमा गर्भवतीलाई पोषण भत्ता

इच्छाकामना न्युज

६, आश्विन २०८१
तनहुँको  व्यासमा गर्भवतीलाई पोषण भत्ता
images

तनहुँ । नवजात शिशु र आमा दुवैको स्वास्थ्य स्याहार र सुरक्षाको लागि तनहुँको एक पालिकाले गर्भवती महिलालाई पोषण भत्ता सुविधा उपलब्ध गराउन थालेको छ । यस्तो सुविधा दिनेमा व्यास नगरपालिका रहेको छ ।

images
images

सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन र सुत्केरी सेवा लिन आकर्षित गर्न सुत्केरीलाई पोषण भत्ता दिईएको नगरपालिकाले जनाएको छ ।  नगरपालिका अनुसार गर्भवती महिलाको स्वास्थ परिक्षण नगर्दा र घरमै बच्चा जन्माउँदा आमा र शिशु दुवैको स्वास्थ्य समस्या पर्ने भएकोले यसको अन्त्यको लागि भत्ता उपलब्ध गराउन थालिएको हो ।

‘महिलासँग उपमेयर कार्यक्रम’ अन्तर्गत पोषण भक्ता उपलब्ध गराउन थालिएको  हो ।  नगर  पालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा जाँच तथा सुत्केरी सेवा लिनेलाई पोषणबापत भत्ता दिईएको हो । नगरपालिकाले गर्भवतीलाई पोषणबापत जनही रु. पाँच हजारका दरले भत्ता वितरण गरेको छ । भत्ता वितरण कार्यक्रमको आइतबार शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलेले आमा र शिशु दुवैको स्वास्थ्य सुरक्षाको लागि नगरपालिकाले प्राथमिकता दिएइको बताउनुभयो ।

नगर प्रमुख न्यौपानेले नगरपालिकाको आर्थिक सहयोगमा दमौली अस्पतालमा सुत्केरी महिलाको अप्रेसन सेवालाई निरन्तर दिनका लागि गाइनोलोजिष्ट र एनेस्थेसिस्ट गरी दुई जना चिकित्सकलाई पारिश्रमिक उपलब्ध गराईएको जानकारी दिनुभयो । त्यसैगरी सुत्केरी हुने महिलालाई अस्पताल लैजान र घरमा पु¥याउन निशुल्क एम्बुलेन्स सुविधा प्रदान गरिएको न्यौपानेले बताउनुभयो ।  स्वास्थ्य संस्थामा जाँच गरेको मातृसेवा कार्डको आधारमा गर्भवतीलाई भत्ता वितरण गरिने नगरपालिकाले जनाएको छ ।

गर्भवतीलाई समय–समयमा गर्भ जाँच गरी शिशु मृत्युदर न्यूनीकरणमा प्रोत्साहित गर्ने उद्देश्यले प्रोत्साहन पोषण रकम दिईएको उपप्रमुख इन्दिरा दरैले बताउनुभयो । पोषण प्रोत्साहन रकम प्रदान गरी गर्भावस्थामा कुपोषण हुनबाट बचाउन तथा प्रोटोकलअनुसार गर्भवती जाँच गर्न प्रोत्साहन गर्ने उद्देश्यले गर्भवती पोषण कार्यक्रमअन्तर्गत हातमै नगद रकम प्रदान गरिएको दरैले जानकारी दिनुभयो । दरैले भन्नुभयो, ‘घरमा सुत्केरी गराउँदा पोषणको कमी हुँदा आमा र शिशुको स्वास्थ्यमा असर पर्ने भएकोले सचेतनाको लागि कार्यक्रम सञ्चालन गरेका हौं ।’

नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा प्रोटोकलअनुसार नियमित गर्भ जाँच गर्ने गर्भवतीलाई भत्ता वितरण गरिनेछ । नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीन पटक (४, ६ र ८ महिना) गर्भवती महिलालाई आठ महिनामा मातृ शिशुकार्डको आधारमा रु. पाँच हजार वितरण गरिने महिला शाखा प्रमुख राधा आचार्यले जानकारी दिनुभयो । यस कार्यक्रमको लागि चालु आर्थिक वर्षमा दश लाख रुपियाँ विनियोजन गरिएको हाल सम्म ७१ जनाले सुविधा पाएको उहाँले बताउनुभयो । 

images
प्रकाशित मिति :आश्विन ६, २०८१ आइतवार - २१:५०:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology