Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तमू साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा लमजुङ र गोर्खामा छात्रवृत्ति वितरण 

तमू साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा लमजुङ र गोर्खामा छात्रवृत्ति वितरण 

इच्छाकामना न्युज

६, आश्विन २०८१
तमू साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा लमजुङ र गोर्खामा छात्रवृत्ति वितरण 
images

पोखरा । तमू साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा यही असोज ५ गते शनिबार समितिका सदस्यहरु दुई समूहमा विभाजित भै लमजुङ र गोर्खामा तमू विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।

images
images

संस्थाका द्वितीय उपाध्यक्ष डमरबहादुर तमुको नेतृत्वमा सचिव कन्चन तमु, कोषाध्यक्ष श्यामबहादुर तमु, विद्यार्थी समितिको सदस्य तारा तमु र कार्यालय सचीव गंगामाया तमु लमजुङ जिल्लाको सदरमुकाम बेसीशहर स्थित तमु संग्रहालयको सभाहलमा १६ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरियो । 

तमु प्ये ल्हु संघ क्ल्हेप्री समितिका केन्द्रीय अध्यक्ष सन्तोष टु तमुले समुदायमा सह्रानिय कार्य गरेको यस तमु साँस्कृतिक प्रतिष्ठान नेपालको कार्यलाई लमजुङका सम्पूर्ण संङ्घ संस्था र समाजहरुले महत्व दिइनु पर्ने कुरामा जोड दिइदै यिनै विद्यार्थीहरु नै भविष्यमा लमजुङ जिल्ला हाँक्ने जनशक्ति हुन् भनी उत्प्रेरित गरे । कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद लमजुङका अध्यक्ष जीवराज घले, क्होलासोंथर २ का पूर्व वडाध्यक्ष बुद्धि प्रसाद तमु, विद्यार्थीहरु श्री बालकल्याण मावि दारिमबोटका छात्र विवेक तमु र छात्रा मेलिन घलेले मन्तव्य राखेका थिए । 

459743408_898445608998284_3024000581962171194_n.jpg

यस शैक्षिक सत्रमा कक्षा ८–१२ सम्म छात्रवृत्ति प्राप्त जम्मा १८७ जना मध्ये २८ जना र कक्षा ९ मा यस वर्ष छनौटमा परेका जम्मा ८४ मध्ये १२ जना विद्यार्थीहरु लमजुङ जिल्लाका छन् । लमजुङका १० जना विद्यार्थीहरुलाई असोज ३ गते पोखरामा आयोजित कार्यक्रममा छात्रवृत्ति वितरण गरिएको थियो ।

संस्थाका द्वितीय उपाध्यक्ष डमरबहादुर तमुको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष श्यामबहादुर तमुले र कार्यक्रम संचालन सचीव कन्चन तमुले गरेका थिए ।

त्यस्तै गरि तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद गोर्खाको व्यवस्थापनमा आयोजित छात्रवृत्ति वितरण कार्यक्रमको लागि निवर्तमान अध्यक्ष चिजकाजी तमुको नेतृत्वमा प्रथम उपाध्यक्ष श्रीजङ तमु, सदस्य द्वय लक्ष्मी तमु र लोकबहादुर तमु तथा विद्यार्थी समितिको कोषाध्यक्ष पन्चकुमारी तमुको समूह खटिएको थियो ।

कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद गोर्खाका अध्यक्ष राम तमु, विद्यार्थी पन्चकुमारी तमु, श्री आहाल भञ्ज्याङ् मा।वि। सिरानचोकमा कक्षा १० मा अध्ययनरत छात्रा जेनिसा तमुले आफ्ना भनाइ राखेका थिए । 

जम्मा विद्यार्थी मध्ये २० जना र यस वर्षको नयाँ छनौट भएका १३ गरि जम्मा ३३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको यस कार्यक्रममा परिषदका कार्यसमितिका पदाधिकारीहरु तथा सदस्यहरु, नेपाल विद्यार्थी समितिका अध्यक्ष मनोज तमु, तमुस्यो जागृती महिला समिती अध्यक्ष हिमला तमु लगायत शिक्षक, अभिभावक र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

संस्थाका निवर्तमान अध्यक्ष चिजकाजी तमुको अध्यक्षतामा सम्पन्न यस कार्यक्रम  सदस्य लोकबहादुर तमुले सन्चालन गरेका थिए भने प्रथम उपाध्यक्ष श्रीजङ तमुले स्वागत मन्तव्य दिएका थिए । पहिलो चरण पोखरामा ५ जिल्लाका लागि असोज ३ गरे वितरण गरिसकेको र यो दोस्रो चरणको कार्यक्रम रहेको जानकारी सचीव कन्चन तमुले बताए ।

images
प्रकाशित मिति :आश्विन ६, २०८१ आइतवार - ०९:०८:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology