हेटौंडा । संविधान दिवसको पूर्वसन्ध्यामा बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामा सहितका मन्त्रीहरुले वृक्षारोण गरेको छ । बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजनामा मंगलबार हेटौडा उपमहानगरपलिका ९ स्थित दिव्य बाल उद्यान बेतखोल्समा आयोजित वृक्षारोपण कार्यक्रममा मुख्यमन्त्री लामा सहित वन तथा वातावरण कृष्णप्रसाद सिलवाल, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले वृक्षारोपण गरेको हो ।

वृक्षारोपण गर्दै कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मानव र वातावरण विच निकै घनिष्ठ सबन्ध रहेकोले बातवरण संरक्षणमा सबै मिलेर लाग्नु पर्ने बताउनु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दे मुख्यमन्त्री लामाले पछिल्लो समय वन जंगल विनास हुने क्रम दिनप्रति दिन बढ्नाले मानवलाई प्रत्यक्ष असर गरिरहेको बताउदै त्यसको संरक्षणमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनु भएको हो ।

उहाँले पछिल्लो समय अव्यवस्थित बसोबास ,जंगलको भू–माग अतिक्रमण, लगाएत कुराहरुले वातावरणलाई प्रत्यक्ष असर गरिरहेको छ भने अर्कोतर्फ त्यसको असर मानवजाती समेत भोगीरहेको बताउनु भयो ।
यस्तै कार्यक्रममा प्रदेशका वन तथा वातावरण मन्त्रालयका मन्त्री कृष्ण प्रसाद सिलवालले लामो समयपछि प्राप्त संघियता सहितको संविधानले समवेशी रहेको बताउनुभयो । यस्तै उहाँले नागरिकलाई प्रत्यक्ष रुपमा अनुभव गर्ने गरि आएको संविधानले वडा–वडा सिंहदरवार र आफ्नै घर आगनमा सरकार भएको अनुभुती दिलाएकोे बताउनुभयो ।

उहाँले सिंहदरवारको अधिकार वडा–वडामा आएको बताउदै वडाबाटै धेरै काम सहज रुपमा जनताले गर्न पाएको बताउनुभयो । अहिले भएको संविधनाले नेपाली जनताको आवश्यता र औचित्यकै आधरमा धेरै मौलिक हक समेत समावेश गरेर सुनमा सुगन्ध दिएको समेत उहाँले बताउनुभयो ।
यस्तै मन्त्री कृष्ण प्रसाद सिलवालले संविधान दिवसको अवसरमा मन्त्रालयले गरेको वृक्षारोपण कार्यक्रमले समाजलाई मानव र जगतविचको सम्बन्धलाई जोड्ने समेत जिश्वास रहेको उहाँले बताउनुभयो ।
प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ भव्यताका साथ मनाउने सन्दर्भमा मुख्यमन्त्री लामाको अध्यक्षतामा गत १८ गते बसेको बैठकको ३ दिन मनाउने निर्णय गरेको थियो । सोही अनुुसार पहिलो दिन वृक्षारोपण र खेलकुदको कार्यक्रम भएको हो । वृक्षारोपण कार्यक्रममा प्रदशेका मन्त्रीहरु, सचिव, कर्मचारीहरु लगाएतको अतिथ्यता रहेको थियो ।