Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान)को अध्यक्षमा राजबहादुर गरुङ सर्वसम्मत

गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान)को अध्यक्षमा राजबहादुर गरुङ सर्वसम्मत

इच्छाकामना न्युज

३०, भाद्र २०८१
गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान)को अध्यक्षमा राजबहादुर गरुङ सर्वसम्मत
images
कास्की । गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान) को अध्यक्षमा राजबहादुर गुरुङ (राजेश) सर्वसम्मत निर्वाचित भएका छन् । 
 
तमु धीं नेपालको कार्यालय पोखरामा शनिबार भएको जिफानको १६ औं वार्षिक साधारणसभा तथा आठौं राष्ट्रिय अधिवेशनबाट चलचित्र निर्देशक राजबहादुरको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । कार्यक्रम समितिको प्रथम उपाध्यक्ष अर्जुन गुरुङ, द्वितीय उपाध्यक्ष कुबिना गुरुङ, महासचिव तोलबहादुर गुरुङ (लबशन), सचिव टेकमान गुरुङ , कोषाध्यक्ष इन्द्रमाया गुरुङ चयन भए । 
 
यस्तै महिला विभाग प्रमुख सपना गुरुङ, प्राविधिक विभाग प्रमुख राजकुमार गुरुङ, भाषा तथा साहित्य विभाग प्रमुख तारा गुरुङ, बजार व्यवस्थापन विभाग प्रमुख खेम गुरुङ, प्रचारप्रसार विभाग प्रमुख रक्षा गुरुङले जिम्मेवारी पाएको निर्वाचन समितिले जनाएको छ । 
 
सदस्यहरूमा टेकबहादुर गुरुङ, भूपेन्द्र गुरुङ, रामप्रसाद गुरुङ, आशीष गुरुङ, बिराज गुरुङ, धर्मराज घले, नवीन गुरुङ, पिटर गुरुङ, तारजङ गुरुङ टार्जन, केशबहादुर गुरुङ, गंगाबहादुर  गुरुङ, अन्जु गुरुङ चयन भए । 
 
नवनिर्वाचित कार्यसमितिले शनिबार नै तमु धिं नेपालका अध्यक्ष एवं निर्वाचन समिति संयोजक हुमबहादुर गुरुङले पद तथा गोपनियताको शपथग्रहण गराएका छन्  । नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको रहनेछ ।
 
निर्वाचन समितिमा दुर्गाबहादुर गुरुङ (मिलन), कृष्णकुमार गुरुङ र माओत्सेतुङ गुरुङ थिए ।
 
साधारणसभामा महासचिव तोलबहादुर गुरुङले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष अर्जुन गुरुङले पेस गरेको आर्थिक प्रतिवेदन छलफलपछि पारित गरिएको थियो । 
 
नवनिर्वाचित अध्यक्ष राजबहादुरले गुरुङ फिल्मकर्मीको साझा संस्था गुरुङ फिल्म एशोसिएसन (नेपाल) नेपाललाई नयाँ उचाईमा लैजाने र सबैको साथ सहयोगबाट अघि बढ्ने प्रतिबद्धता जनाए ।    
 
अधिवेशन गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा.टकराज गुरुङले उद्घाटन गरेका थिए ।

images
प्रकाशित मिति :भाद्र ३०, २०८१ आइतवार - १७:५९:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology