Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सिमलताल ट्रक दुर्घटना शंकास्पद, ट्रक त्रिशुलीमा खसालेर चालक र सहचालक भागेको आशंका

सिमलताल ट्रक दुर्घटना शंकास्पद, ट्रक त्रिशुलीमा खसालेर चालक र सहचालक भागेको आशंका

इच्छाकामना न्युज

३०, भाद्र २०८१
सिमलताल ट्रक दुर्घटना शंकास्पद, ट्रक त्रिशुलीमा खसालेर चालक र सहचालक भागेको आशंका
images

चितवन । प्रहरीले नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालबाट मालबाहक ट्रक त्रिशूली नदीमा खसेको घटना शंकास्पद रहेको जनाएको छ ।

images
images

तेल बोकेर काठमाण्डु आइरहेको ना६ख ६२८३ नम्बरको ट्रक २९ किलो भन्ने स्थानबाट आइतबार बिहान त्रिशूलीमा खसेको थियो ।

चितवन प्रहरीका डिएसपी भेषराज रिजालले घटना शंकास्पद रहेको बताए । घटनापछि चालक र सह–चालक फरार छन् । स्थानीयले प्रहरीमा दिएको जानकारीअनुसार शनिबार राति उक्त ट्रक दुर्घटनास्थल नजिकै रोकिएको थियो ।

बिहानपख ट्रक त्रिशूलीमा खसालेर चालक र सह–चालक भागेको हुन सक्ने आशंका प्रहरीको छ । डिएसपी रिजालले ट्रक नदी किनारमा रहेको र चालक र सह–चालक नभेटिएकाले शंका उत्पन्न भएको बताए । उनका अनुसार घटनाको प्रकृतिअनुसार चालक र सह–चालक नदीमा डुबेको जस्तो देखिँदैन ।

रिजालले ट्रक चालक र सहचालकको मोबाइलको स्वीच पनि अफ रहेको बताए । ‘घटना शंकास्पद छ’, रिजालले भने, ‘हामी अनुसन्धान गरिरहेका छौं ।’

तस्वीर: विनोद श्रेष्ठ/मुग्लिङ बजार फेसबुक पेजबाट

images
प्रकाशित मिति :भाद्र ३०, २०८१ आइतवार - ११:१२:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology