Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रामनगरमा योद्धा गाडि र बस ठोक्किदा साइकल यात्रीको मृत्यु

रामनगरमा योद्धा गाडि र बस ठोक्किदा साइकल यात्रीको मृत्यु

इच्छाकामना न्युज

२९, भाद्र २०८१
रामनगरमा योद्धा गाडि र बस ठोक्किदा साइकल यात्रीको मृत्यु
images

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–१ रामनगर ओरालो नजिक आज दिउँसो बससँग ठोक्किएर अनियन्त्रित भएको पिकअप भ्यानले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन भरतपुर महानगरपालिका–१ रामनगरका ६४ वर्षीय राम थापा रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

images
images

दिउँसो चार बजेर २० मिनेट जाँदा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र ०१–०२६ च ५५१९ नम्बरको पिकअप भ्यान नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ग २ ख ८५५ नम्बरको बससँग ठोक्किएको थियो । दुर्घटनापछि अनियन्त्रित भएको पिकअप भ्यान साइकलसँग ठोक्किएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिनुभयो ।

गम्भीर घाइते भएका साइकलयात्री थापालाई उपचारका लागि भरतपुर अस्पताल पु¥याएकोमा चिकित्सकले पाँच बजे थापालाई मृत घोषणा गरेका थिए । प्रहरीले दुवै सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएको छ ।

 
 

images
प्रकाशित मिति :भाद्र २९, २०८१ शनिवार - २०:४६:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology