Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तमू पत्रकार तुलमान गुरुङद्वारा लिखित तमू ह्युल चितवनद्वारा प्रकाशित ‘तमू क्युई’ पुस्तक सार्वजनिक

तमू पत्रकार तुलमान गुरुङद्वारा लिखित तमू ह्युल चितवनद्वारा प्रकाशित ‘तमू क्युई’ पुस्तक सार्वजनिक

इच्छाकामना न्युज

२९, भाद्र २०८१
तमू पत्रकार तुलमान गुरुङद्वारा लिखित तमू ह्युल चितवनद्वारा प्रकाशित ‘तमू क्युई’ पुस्तक सार्वजनिक
images

चितवन । तमू ह्युल छोंज धीं चितवनले भाषा कक्षा सञ्चालनकै लागि तयार पारेको तमू भाषासम्बन्धी सामान्य ज्ञानसहितको पुस्तक ‘तमू क्युई’को लोकार्पण गरेको छ। पत्रकार तुलमान गुरूङद्वारा सङ्कलित उक्त पुस्तकको शनिबार दुई हप्ते तमू भाषा कक्षाको उद्घाटन समारोहमा तमू ह्युल छोंज धीं बागमती प्रदेशका प्रमुख गणेशबहादुर गुरूङ, केन्द्रीय सदस्य गोपीराम गुरूङ, केन्द्रीय सल्लाहकार शारदा गुरूङ, चितवन जिल्ला अध्यक्ष विमलादेवी गुरूङ, बौद्ध धर्म सेवा समिति चितवनका अध्यक्ष विकास गुरूङ, भरतपुर तमू नगर गुठीका अध्यक्ष पूर्णबहादुर गुरूङ, मृगौला रोग विशेषज्ञ डा सन्तोष गुरूङलगायतले उक्त पुस्तकको सामूहिक लोकर्पण गरिएको हो।

images
images

पुस्तकमार्फत सिकाइ प्रभावकारी हुने देखिएपछि तमू ह्युल छोंज धींले पहिलोपटक पाठ्यक्रमको रूपमा पुस्तक प्रकाशन गरिएको पुस्तक प्रकाशन समितिका संयोजक कृष्णबहादुर गुरूङले जानकारी दिए। लामो समयको प्रयासपछि पुस्तक प्रकाशन सम्भव भएको उनले बताए। ‘पुस्तक भएपछि हामीलाई जिल्लाभरका तमू समुदायमा पुग्न पनि सजिलो हुन्छ,’ उनले भने, ‘आगामी दिनमा पनि भाषा कक्षालाई निरन्तरता दिलाउनको लागि बाटो बलियो हुन्छ।’

पुस्तकका लेखक एवम् सङ्कलक तुलमान गुरूङले गुरूङ भाषामा भेगीय भिन्नता पाइने हुँदा भाषामा एकरूपता नभएको बताए। हाल प्रकाशित पुस्तक ‘तमू क्युई’मा गोरखामा बोलिने भाषा प्रभावित भएको बताए। आधारभूत सिकाइका लागि प्रकाशन गरिएको हुँदा पुस्तकमा सामान्य बोलीचालीमा प्रयोग हुने शब्दलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ।

उक्त पुस्तक तमू ह्युल छोंज धीं चितवनका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर गुरुङको संयोजन तथा सचिव किशोर गुरुङको सहसंयोजनमा तमू ह्युल छोंज धीं चितवनले प्रकाशित गरेको हो।

images
प्रकाशित मिति :भाद्र २९, २०८१ शनिवार - २०:३४:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology