Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

भरतपुर स्थित कविलासको किपटमा आफैले बोकेको भरुवा बन्दुक पड्किदाँ एक युवक घाइते

भरतपुर स्थित कविलासको किपटमा आफैले बोकेको भरुवा बन्दुक पड्किदाँ एक युवक घाइते

images

इच्छाकामना न्युज

२७, भाद्र २०८१
भरतपुर स्थित कविलासको किपटमा आफैले बोकेको भरुवा बन्दुक पड्किदाँ एक युवक घाइते
images

चितवन । चितवनमा बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्केर एक युवक घाईते भएका छन् । खेतमा मास खाइरहेको बाँदर धपाउन गएका भरतपुर महानगरपालिका–२९का २३ वर्षिय पासाङ भुजेल बन्दुक पड्केर घाईते भएका हुन् । बुधबार (हिजो) साँझ पाँच बजे बाँदर धपाउने क्रममा चिप्लेर लड्न पुग्दा आफुले बोकेको बन्दुक पड्किन पुगेको प्रहरीले जानकारी दिएको छ । घाइते भएका भुजेलको शरिरको विभिन्न भागमा छर्रा रहेका छन् । उनको उपचार नयाँ मेडिकल कलेज भरतपुरमा भइरहेको छ ।

यस्तै बरुवा बन्दुक बोकेर हिडिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् । भरतपुर २९ स्थित बिनीडाँडाका कुमार गरुङलाई आज दिउँसो नियन्त्रणमा लिएको हो । यस्तै भरतपुर २९ सिरुबारीको झाडीमा अर्को बरुवा बन्दुक समेत बरामद गरिएको चितवन प्रहरीले जानकारी दिएको छ । एउटै घट्नाको अनुसन्धान गर्दै जाँदा अर्को हरियार फेला परेको प्रहरीले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :भाद्र २७, २०८१ बिहिवार - २०:४६:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology