Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

नेपालको पर्यटन क्षेत्रमा कोरोना भाइरसले पारेको नकारात्मक असर र सरकारी रबैया 

नेपालको पर्यटन क्षेत्रमा कोरोना भाइरसले पारेको नकारात्मक असर र सरकारी रबैया 

सुर्य बराल

२७, माघ २०७७
नेपालको पर्यटन क्षेत्रमा कोरोना भाइरसले पारेको नकारात्मक असर र सरकारी रबैया 

सन् २०१९को अन्त्यतिर चीनको बुहानबाट फैलिएको कोरोनाभाइरस (काभिड १९) को कारण नेपालको पर्यटन उद्योगमा गम्भिर असर परेको छ। कोरोना भाइरस महामारी र सरकारी रबैया एवं लकडाउनको कारण देशमा दोस्रो सबैभन्दा धेरै विदेशी मुद्रा आर्जन गर्ने पर्यटन उधोग आम रुपमै तहस नहस र धराशायी अवस्थामा पुगेको हो।
सन् २०२० लाई पर्यटन वर्षको रूपमामनाएर २० लाखपर्यटक भित्र्याउने लक्ष्य राखेको नेपाल सरकारले कोरोना भाइरस नियन्त्रण गर्ने भन्दै २०७६ चैत ११ गतेदेखि लकडाउन गरेको र त्यो भन्दा केही समय अगाडि देखि नै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि ठप्प रहेको पर्यटन उधोग अझै बौ्रन सकेको छैन् र तत्काल बौरने सम्भावना पनि देखिदैन।
२०७७ बैशाख देखि नै नेपालका प्राय होटल तथा रिर्सोटहरु खाली भएका छन्, जस्ले गर्दा होटल ब्यबसायीहरुले करोडौंको नोक्शान ब्योर्हनु परेको छ। पर्यटनसँग सम्बन्धित अन्य कयौं गतिबिधीहरु ठप्प हुदाँ यस क्षेत्रमा थप अर्बौको क्षति पुगेको छ। कोरानाको कारण देखाई अन्र्तराष्ट्रिय उडानहरु बन्द हुन अघिसम्म नेपालमा पर्यटकहरुको आगमन राम्रै थियो। २०२० को जनवरी महिनामा मात्र झन्डै ८० हजार बिदेशी पर्यटकले नेपाल भ्रमण गरेको सरकारी तथ्याकंले नै देखाउँछ तर त्यसपछीको २०२१ फ्रेबुअरी दोश्रो हप्तासम्म पर्यटन क्षेत्र सुनसान नै छ।
साढे चार लाख मानिसलाई प्रत्यक्ष रोजगारी दिएको, साढे तीन लाखलाई मौसमी रोजगारी दिने गरेको साथै अप्रत्यक्ष समेत गरी ११ लाख मानिस आश्रित रहेको पर्यटन क्षेत्र शिथिल बन्दा अन्य ब्यबसायहरुले समेत गति लिन सकेको छैन्। नेपाल पर्यटन बोर्डका अनुसार “नेपालमा कोराना भाईरसको कारण सन् २०२० सुरु भए यता मात्रै देशले एक खर्ब रुपैयाँ बढी आम्दानी गुमासकेको छ।’’ लाखौंको सख्याँमा श्रमिकहरु बेरोजगार र अर्ध बेरोजगारको अवस्थामा पुगेका छन्। 
कोराना भाईरसको महामारीको कारण बिश्वमै सबैभन्दा धेरै पर्यटन उद्योगमा असर परेको छ। वायुसेवा, होटल क्षेत्र, यातायात र रेष्टुराँ जस्ता पर्यटनसँग जोडिएका क्षेत्रहरू शिथिल मात्र होईन उठ्नै नसक्ने गरी तहस नहसको अवस्थामा पुगेका छन्। विश्व पर्यटन सङ्गठनका अनुसार सन् २०२० मा विश्वभरि पर्यटन ६० देखि ८० प्रतिशतले घटेको छ। विश्वभर करिब नौदेखि १२ खर्ब अमेरिकी डलरको नोक्सानी हुने र पर्यटनसँग प्रत्यक्ष जोडिएका १० देखि १२ करोड रुपयाँ बराबरको रोजगारीका अवसर जोखिममा पर्ने सङ्गठनको अनुमान छ।
देशभरका ३,५०० होटल आबद्ध होटल संघ नेपालको तथ्याकंलाई हेर्दा पर्यटक स्तरिय साना ठुला होटलमा गरी प्रत्यक्ष एक लाख साथै अप्रत्यक्ष ४ लाख सहित पाँच लाख बढीको राजगारी कोराना भाईरस र त्यसबाट उत्पन्न परिस्थीती एंव सरकारी लकडाउनको कारण पर्यटन क्षेत्रको लगानी थप जोखिममा रहेको छ। त्यस्तै लाखौंको सख्यामा रहेका रेष्टुरेण्टहरुमा अरु दशौं लाख बेरोजगार बनेका छन् भने ब्यबसायीहरुको अर्बौ अर्ब नोक्शानी भएको छ। २०२१ को यो फ्रेबुअरीसम्म आईपुग्दा अवस्था अझै सुध्रिने छाँट छैन्। ब्यबसायीहरु दिनप्रतिदिन प्रताडीत बन्दै गएका छन्। उनीहरुले बैंकबाट लिएको कर्जाको किस्ता र ब्याज तिर्न नसक्दा निकै अप्ठेरोमा परेका छन्। भाडामा बसेका तथा लिजमा जग्गा लिई संरचना बनाएकाहरुले समेत भाडा बुझाउन बाहिरबाट थप कर्जा चलाई ब्यबसायिक वातावरणको प्रतिक्षा गर्नु परेको दर्दनाक अवस्था छ।
आफ्ना राजनितीक सभा र जुलुस एवं सरकारी जमघटहरु गर्न बेरोकटोक भए पनि निजी क्षेत्रले अर्बौ अर्बौ लगानी गरेको पर्यटन क्षेत्रलाई राहात र पुरानो लयमा फर्काउन सरकार नतमस्तक देखिनुले ब्यबसायीहरुको लगानी प्रति सरकारी उदासिनता छर्लगं हुन्छ। सरकार आफै राजनितीक द्धन्दको भुमरीमा रहेकाले पनि सरकारबाट धेरै आशा गर्नु बेकार हुन जान्छ। खैर आन्तरिक पर्यटनलाई बढ्वा दिने सरकारी योजना बनेमा पर्यटन क्षेत्र फेरी ब्युतने बलियो सम्भावना देखिन्छ तर सरकार र सरकारी निकायहरुको रबैया पर्यटन क्षेत्रलाई माथी उकास्ने खालको देखिदैन्। 
धराशायी पर्यटन क्षेत्रलाई उठाउनको लागीे आन्तरिक पर्यटनलाई बढावा दिनुपर्ने अहिलेको अहम् आवश्यक्ता र सरकारी प्रमुख प्राथमिकता हुनुपर्दछ। त्यस्को लागी यस क्षेत्रमा आबद्ध ब्यबसायी, श्रमिक र अन्य सरोकारवालाहरुले सरकार र सरकारी निकायलाई झकझकाउन ढिला गर्नुहुदैंन की? 

images

images
प्रकाशित मिति :माघ २७, २०७७ मंगलवार - २३:१७:५६ बजे

सुर्य बराल

पत्रकार सुर्य बराल इच्छाकामना न्युजका लागि समसामयिक विषयमा लेखहरु समेत लेख्ने गर्नुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology