Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

पूजाको प्रसाद खाँदा झापाको खरबन्दी गाउँका ६० जना बिरामी

पूजाको प्रसाद खाँदा झापाको खरबन्दी गाउँका ६० जना बिरामी

images

इच्छाकामना न्युज

२७, भाद्र २०८१
पूजाको प्रसाद खाँदा झापाको खरबन्दी गाउँका ६० जना बिरामी
images

काठमाडौं । पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिकाको एउटा गाउँ नै बिरामी परेको छ।

अर्जुनधारा नगरपालिका–९ को खरबन्दी गाउँ नै बिरामी परेको हो। स्थानीय रीता निरौलाकोमा बुधबार पूजा लगाइएको थियो। पूजामा ६० जनाभन्दा धेरैले प्रसाद खाएका थिए।

प्रसाद खाने सबै बिरामी परेका हुन्। पूजा घरमा पुगेर प्रसाद खाने धेरै बिरामी छन्। घरमा ल्याएको प्रसाद खाने पनि बिरामी भएका छन्।

अर्जुनधारा नगरपालिका–९ का वडा अध्यक्ष भीष्म मिश्रका अनुसार गाउँका स्थानीय र पूजाका लागि पाहुना आएका आफन्त गरी ५५–६० जना बिरामी भएका छन्। बिरामीको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ।

पूजामा प्रसाद खाएको केही समयपछि सबैलाई झाडावान्ता भएको थियो। ज्वरो पनि आएको छ। फुट पोइजन हुँदा गाउँ नै बिरामी परेको अध्यक्ष मिश्रले बताए।

images
प्रकाशित मिति :भाद्र २७, २०८१ बिहिवार - ०८:२७:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology